दाङमा का‌ंग्रेस भन्दा नेकपा उम्मेद्वार हजार मतले अगाडि

डिसी नेपाल
१५ मंसिर २०७६ १३:४९

काठमाडौं । दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) मा नेकपाले प्रारम्भिक अग्रता लिएको छ। प्रारम्भिक मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला ओलीले ३९१३ मत पाएकी छिन्।

नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले २८३६ मत पाएका छन्। आचार्य नेकपा उम्मेद्वार ओली भन्दा एक हजार सय ७७ मतले पछाडि छन्।

आइतबार बिहान ९ बजेबाट शुरु भएको मतगणना वडागत रुपमा शुरु गरिएको छ।

शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *