कास्की–२ बाट विद्या भट्टराई ८ हजार बढी मतान्तरका साथ विजयी

पोखरा । कास्की २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई भारी मतका साथ निर्वाचित भएकी छन् ।
सत्तारुढ नेकपाकी उम्मेदवार भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गरी विजयी भएकी हुन् उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत पाएका छन् । यो मतान्तर ८ हजार ४ सय ३ हुन आउछ ।
यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए ।
यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका खेमराज पौडेलले विजयी भट्टराईलाई खादा ओडाएर सम्मान गरेका छन्
Facebook Comment