धरानमा रोचक भिडन्त : मतान्तर बढाउँदै कांग्रेस

डिसी नेपाल
१६ मंसिर २०७६ ६:४८

काठमाडौँ । धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा रोचक प्रतिस्पर्धा देखिएको छ।

सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली कांग्रेसका तिलक राईको अग्रता कायमै छ ।

कांग्रेसका राईले २० हजार ८९८ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले १९ हजार २७१ मत ल्याएका छन् । प्रकाशको मत कांग्रेसका उम्मेद्वार तिलकको भन्दा एक हजार ६ सय २७ मतले थोरै हो ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो। काँग्रेसले लगातार अग्रता बढाएपछि काँग्रेस कार्यकर्ताहरु मतगणनास्थलमा नाचिरहेका छन्। ५५ हजार मत खसेको धरानमा करिब ३५ हजार मतगणना भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *