धरानमा नेकपाले घटायो मतान्तर, कांग्रेसको अग्रता कायमै

डिसी नेपाल
१६ मंसिर २०७६ ७:२५

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेकपा र कांग्रेसका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा भईरहेको छ। प्रारम्भिक चरणबाटै अग्रता लिएको कांग्रेसले सोमबार बिहानसम्म अग्रता जारी राखेपनि मतान्तर भने घट्दै गएको छ।

यसअघि कांग्रेस उम्मेद्वार तिलक राईले २० हजार ८९८ मत प्राप्त गर्दा एक हजार ६ सय २७ मत (१,६२७) ले पछाडि रहेको नेकपाले मतान्तर घटाएको हो । अहिले कांग्रेस र नेकपा उम्मेद्वारबीच ५ सय ११ मतको अन्तर छ ।

सोमबार बिहानसम्म कांग्रेस उम्मेद्वारले २१ हजार ३११ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेद्वार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन् ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो। काँग्रेसले लगातार अग्रता बढाएपछि काँग्रेस कार्यकर्ताहरु मतगणनास्थलमा नाचिरहेका छन्। ५५ हजार मत खसेको धरानमा करिब ३५ हजार मतगणना भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *