‘प्रधानमन्त्रीमा काम गर्ने चाहना छ, तर शारीरिक क्षमता कमजोर भएको छ’
लामो समयदेखिको राजनीतिक अस्थिरतालाई तोड्दै तत्कालीन वामगठबन्धनले करिव दुई तिहाइ बहुमतको सरकार गठन गरेपछि ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई अगाडि सारेको छ।
तर, जति नारा दिएपनि असक्षम, अस्वस्थ र सत्तालिप्साको प्रवृत्ति नेतृत्वमा रहेसम्म जतिसुकै मिठो नाराले पनि सार्थकता नपाउने रहेछ भन्ने देखिएको छ। जनताले सरकार गठन भएपछि २ वर्षको समय बित्न लागेको छ तर जनताले अपेक्षा गरे अनुरुपको विमासको अनुभूति पाउन सकिरहेका छैनन्। यसले सरकार शक्तिशाली भए पनि काम गर्ने इच्छाशक्ति नभएको जनताले महसुस गरिरहेका छन्।
नेतृत्वमा रहेका मानिसलाई निको नहुने रोग लागेको छ र निको हुँदैन भन्ने कुरा व्यक्ति स्वयं र डाक्टरलाई पनि थाहा छ भने त्यस्ता व्यक्तिले आराम गर्ने र आफूले भरोसा गरेका व्यक्तिलाई सत्ता सुम्पिने, उनीहरुलाई निर्देशन दिने र मार्ग दर्शन गर्ने विषय उपयुक्त हो।
तर आफैं पदमा टाँसिएर बस्ने र जिम्मेवारी बहन गरिरहने, राम्रा र ठूला सपना जनतालाई देखाउने तर परिणाम शून्य हुने अवस्थामा मुलुकले प्रगति गर्न सक्दैन। अहिले प्रधानमन्त्री केपी ओली अस्वस्थ हुनुहुन्छ। उहाँको उपचार भइरहेको छ। विमारी हुँदासमेत उहाँले देखाएको सक्रियता सराहनीय छ।
जिम्मेवारी बहन गर्न सक्ने अवस्थामा जिम्मेवारी लिने हो तर जिम्मेवारी बोकेर अगाडि बढ्न स्वास्थ्यले साथ नदिएको अवस्थामा भारी बिसाउने हो। नसकेर पनि भारी बोक्ने प्रयास गर्दा भारी बोक्नेलाई पनि सकस हुन्छ र बोकिएको भारी गन्तव्यसम्म पनि पुर्याउन सकिँदैन।
तर, उहाँ अस्वस्थ हुँदा उहाँले आफ्नो मन्त्रिपरिषदका रहेका सदस्यले गरेको कामको निगरानी गर्न सक्ने अवस्था देखिएन। प्रधानमन्त्रीको चाहना विकास गर्ने, सुखी नेपाली समृद्ध नेपाल बनाउने छ, तर उहाँको टिममा रहेका सदस्यले त्यो अनुसारको काम गर्न नसक्दासमेत प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरुको निगरानी गर्न सक्नु भएको छैन।
जिम्मेवारी बहन गर्न सक्ने अवस्थामा जिम्मेवारी लिने हो तर जिम्मेवारी बोकेर अगाडि बढ्न स्वास्थ्यले साथ नदिएको अवस्थामा भारी बिसाउने हो। नसकेर पनि भारी बोक्ने प्रयास गर्दा भारी बोक्नेलाई पनि सकस हुन्छ र बोकिएको भारी गन्तव्यसम्म पनि पुर्याउन सकिँदैन।
अहिले प्रधानमन्त्रीको स्थिति त्यस्तै भएको छ। प्रधानमन्त्रीमा काम गर्ने चाहना छ, इच्छाशक्ति छ तर त्यसलाई कार्यान्वयन गर्ने शारीरिक क्षमता कमजोर भएको छ। कुनै पनि जिम्मेवारी पूरा गर्नको लागि मानसिकसँगै शारीरिक स्वस्थता पनि आवश्यक पर्छ। प्रधानमन्त्री भने मानसिक रुपमा तयार भएर पनि शारीरिक रुपमा असक्षम बन्दै जानुभएको छ।
यस्तो अवस्थामा कसरी सुखी नेपाली र समृद्ध नेपाल कसरी संभव हुन्छ? अहिले नेकपाका कार्यकर्ता र मतदाताहरुले म नेकपाको मान्छे हुँ भन्नेहरुले जहाँ जे गरेपनि त्यो सदर हुने अवस्था छ। यस्तो अवस्थामा के नेकपा इतरका कार्यकर्ताले न्याय पाउँछन्? यस्तो अवस्थामा समग्र नेपाली जनताको समृद्ध सफल हुन्छ? यो गम्भीर प्रश्न हो।
किनकि प्रधानमन्त्रीको आफ्नै दलभित्र पनि केही लोभीपापीहरुले आफ्नो स्वार्थसिद्धि गर्न चाहिरहेका छन्। प्रधानमन्त्रीको अस्वस्थताले उनीहरुलाई त्यसो गर्न सहज भएको छ। अनियमितता भएका ठाउँमा प्रधानमन्त्री स्वयं पुग्न नसक्दा उनीहरुलाई आफ्नो कर्तुत लुकाउन सहज भएको छ।
देखादेखि तेरो मेरोमा विभाजित छ, तेरोलाई होइन मेरालाई भनेर नेताहरु लागेका छन् भने त्यस्तो अवस्थामा कसरी जनता र मुलुक समृद्ध बन्छ? मुलुकलाई अगाडि बढाउन र समृद्ध बनाउन सक्षम र स्वस्थ मानिस नेतृत्वमा आउन आवश्यक हुन्छ।
नेतृत्व सक्षम नहुँदा आर्थिक अपराध, भ्रष्टाचार, अनियमितता बढ्छ र देश संकटतर्फ धकेलिने संभावना हुन्छ। त्यसबाट देशलाई बचाउन सक्षम, कुशल नेतृत्व मुलुकलाई चाहिएको छ।
भर्खरै सम्पन्न उपनिर्वाचनको मतपरिणाम र जनताको सहभागितालाई हेर्दा सत्ताले नै केही गर्न सक्छ र सत्ताले नै गर्छ भन्ने मानसिकतामा जनता रहेको देखिन्छ। सत्ता नजिकका मनिसलाई जिताउँदा टोल, बाटाघाटा, खानेपानी, सरसफाई, सामाजिक विकास संभव छ भन्ने जनताको सोचाइ रहेको देखिन्छ। त्यो जनताको चाहना, विचार, विवेक बुझ्ने गरी नेतृत्व दिन सक्ने नेताको नेतृत्व मुलुकमा छ की छैन? यसतर्फ सत्ताधारीले पनि विचार पुर्याउनुपर्ने देखिन्छ।
मुलुकलाई स्वच्छ, सक्षम र विवेकशील नेतृत्वको आवश्यक छ। हामी संचारले देख्दा हेर्दा ामी हाँसोको पात्र बन्नु हुँदैन। जोकमा मुलुकलाई, संविधान, पद्धतिलाई, संविधान र कानुनलाई जोक जोकमै नउढाउँ। जनताको मत पाएर बनेको बहुमतको सरकार बनेर दम्भ पालेर मुलुकलाई भड्खालोमा हाल्नु हुँदैन। पत्याउने, हुने र संभव हुने कुरामात्रै गरौं।
यसो भनिरहँदा प्रधानमन्त्री केपी ओलीको इच्छाशक्ति र सक्रियतामा शंका गर्नुपर्ने कारण छैन। तर उहाँलाई स्वास्थ्यले साथ दिइरहेको छैन। उहाँले सोचेजस्तो सरकारले काम गर्न नसकेको उहाँ स्वयंले पनि स्वीकार गर्नु भएको छ। केही समय अगाडि मन्त्रिपरिषद पुनर्गठन गर्दा जनताले ठूलो अपेक्षा गरेका थिए।
योग्य र सक्षमले स्थान पाउँछन् र प्रधानमन्त्रीको स्पिरिट अनुसार काम गर्ने मन्त्री आउँछन् भन्ने धेरैको अपेक्षा थियो। तर दुई पार्टीको भागवण्डा मिलाउने गरी मन्त्रिपरिषदमा आएका नयाँ अनुहारबाट जनताले सोचेजस्तो काम होला भन्ने अवस्था देखिएन। त्यसकारण अब सरकारले देखिने र सुनिने गरी काम गर्न आवश्यक भइसक्यो। किनभने यो सरकारबाट जनताले धेरै ठूलो अपेक्षा गरेका छन्।
आफैं पदमा टाँसिएर बस्ने र जिम्मेवारी बहन गरिरहने, राम्रा र ठूला सपना जनतालाई देखाउने तर परिणाम शून्य हुने अवस्थामा मुलुकले प्रगति गर्न सक्दैन ! के पी ओली आफैंमा एउटा सपनाको सन्सार बाँँचि रहेछन… नतीजा शुन्यको भुमरीमा जनता…