रोनाल्डोलाई उछिन्दै मेस्सीले छैठौ पटक बालोन डिओर जितेर बनाए विश्वरेकर्ड

डिसी नेपाल
१७ मंसिर २०७६ ८:१२

काठमाडौँ । लियोनेल मेस्सीले छैठौ पटक बालोन डिओर अवार्ड जितेका छन् । योसँगै मेस्सी फुटबलको प्रतिष्ठित अवार्ड मध्यको एक मानिने बालोन डिओर अवार्ड सबैभन्दा धेरै पटक जित्ने खेलाडी बनेका छन् ।

गएराती फ्रान्सको पेरिसमा आयोजित एक समारोहक बीच अवार्डको घोषणा गरिएको छ । मेसीले लिभरपुलका भर्जिल भान डाइक र  युभेन्डसका क्रिस्टियानो रोनाल्डोलाई पछि पर्दै यो अवार्ड जितेका हुन् ।

मेसीले यस अघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ मा यो अवार्ड जितेका थिए । त्यस्तै रोनाल्डोले बालोन डिओर अवार्ड पाँच पटक जितेका छन् । रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए ।

यस अघि २०१६ सम्म फिफा र फ्रेन्च फुटबल मिलेर यो अवार्ड दिने गरिएको भएपनि २०१६ पछि भने फिफाले बर्ष खेलाडीको अवार्ड दिने गर्दछ भने फ्रेन्च फुटबलले बालोन डिओर अलग्गै दिदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *