नेकपा डडेल्धुराले तोक्यो सातै स्थानीय तहमा इञ्चार्ज

डिसी नेपाल
१७ मंसिर २०७६ १०:५६

अमरगढी। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ। पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो।

नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी परशुराम नगरपालिकामा हरिप्रसाद भट्ट र अमरगढी नगरपालिकामा करुणाकर ओझालाई इञ्चार्ज तोकिएको जानकारी दिएको छ।

त्यस्तै नवदुर्गा गाउँपालिकामा लक्ष्मी धिक्त, भागेश्वरमा प्रेम साउद, आलितालमा छविलाल सलामी, अजयमेरुमा जयबहादुर ऐर र गन्यापधुरा गाउँपालिकामा गणेश सार्कीलाई इञ्चार्जको जिम्मेवारी दिइएको डडेल्धुरा नेकपा अध्यक्ष मानसिंह मालले जानकारी दिए।

पार्टीले भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूमिसमेत समेटेकामा आपत्ति जनाउँदै भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेको विषयमा सरकारले कूटनीतिक तवरबाट जतिसक्दो छिटो समस्या समाधान गर्नुपर्ने माग गरेको छ।

उक्त भूभाग शदियौँदेखि नेपालको रहेको बताउँदै भारतले आफ्नो राजनीतिक नक्शाबाट सो भूभाग हटाउनुपर्ने अध्यक्ष मालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *