१७ वर्षकी किशोरीले साथमा सुत्न मानिनन्, घाँटी थिचेर हत्या गरी लाशसँग यौन सम्पर्क

डिसी नेपाल
१७ मंसिर २०७६ ११:०५

काठमाडौं। हाम्रो समाजमा महिलाविरुद्ध हुने अपराध निकै चर्चामा छन् । नेपालमा निर्मता पन्तको बलात्कारपछि हत्याको घटनाको मुद्दा अझै सुल्झिन सकेको छैन । उता भारतमा भर्खरै प्रियंका रेड्डी नाम गरेकी महिला डाक्टरलाई बलात्कार गरी हत्या गरेको घटनाले सिंगो देशमा आक्रोश छ । यही बीचमा रुसमा अर्को यस्तै भयानक घटना भएको छ ।

बेलायती मिडिया द सनको रिपोर्टअनुसार १७ वर्षकी किशोरीले साथमा सुत्न अस्वीकार गरेपछि आरोपीले उनको हत्या गरेर लाशसँग यौन सम्पर्क राखेका छन् । रुसको लेसोजाभोस्ककी १७ वर्षकी किशोरी त्यस दिन एक व्यक्तिलाई भेट्नको लागि घरबाट निस्किएकी थिइन् । तर पछि थाहा भयो कि जुन व्यक्तिसँग भेट्न उनी घरबाट निस्किएकी थियन् त्यही व्यक्तिले उनको हत्या गरिदिएको छ ।

पुलिसले एन्टन मेज्ड नामका व्यक्तिलाई गिरफ्तार गरेको छ । उनले कशोरीकै कपडा प्रयोग गरेर उनको घाँटी थिचेर हत्या गरेका थिए । किशोरीको हत्या गरेपछि उनको लाशसँगै यौन सम्पर्क गरेका थिए । त्यपछि उनले शवलाई एउटा पुलबाट तल फ्याँकिदिएका थिए । द सनले स्थानीय मिडियाको हवाला दिँदै लेखेअनुसार किशोरीका परिवारले उनी घर नफर्किएपछि पुलिसलाई खबर गरेका थिए ।

परिवारको सूचनापछि पुलिसको सर्च टिमले ३ दिनसम्म किशोरीलाई खोजिरहे । अन्ततः किशोरीको नग्न शव एक पुलमुनि भेटियो । पुलिसले आरोपीलाई गिरफ्तार गरेको छ । किशोरीको फोन हिट्रीको जाँच गरेपछि पुलिस आरोपीसम्म पुगेको थियो । रिपोर्टका अनुसार जब किशोरी उनलाई भेट्न पुगिन् त्यसपछि उनले सेक्सको माग गरेका थिए । तर किशोरीले नमानेपछि उनले कुटपिट गर्न थालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *