२ छोराछोरीलाई मारेर श्रीमानको साथमा २ वटी श्रीमतीले आठौं तलाबाट हाम्फाले

डिसी नेपाल
१७ मंसिर २०७६ ११:२७

काठमाडौं। भारतको गाजियाबादमा श्रीमान र उनका २ श्रीमतीले शंकास्पद परिस्थितिमा अपार्टमेन्टको आठौं तलाबाट हाम्फालेका छन् । वैभव खंड अपार्टमेन्टको आठौं तलाबाट पति र उनका दुई पत्नीले हाम्फालेका हुन् । घटनामा पति र एउटी पत्नीको मृत्यु भएको छ । एक पत्नी जीवित बाँचेकी छिन् तर उनको स्थिति गम्भीर छ ।

हाम्फाल्नुभन्दा पहिले उनीहरुले आफ्ना दुई सन्तानको घाँटी थिचेर हत्या गरेका थिए । पुलिसका अनुसार घरेलु कलह र पैसाको अभावका कारण उनीहरुले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । अहिले घटनाको थप अनुसन्धान भइरहेको छ । यो घटनापछि इन्टिरापुरममा हल्लाखल्ला भएको छ ।

यसअघि पनि यस्तै घटना भएको थियो जहाँ पारिवारिक विवादमा सुतिरहेका बेला पतिले आफ्नी पत्नी, ५ वर्षका छोरा र दुई जुम्ल्याहा छोरीको चक्कु हानेर हत्या गरिदिएका थिए । त्यसपछि उनी फ्ल्याट बन्द गरेर फरार भएका थिए । वैभव खण्डमा यो डरलाग्दो घटनापछि पुलिस पुगेको छ । शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागि पठाइएको छ । घटना मंगलबार बिहान ५ बजेको हो । अपार्टमेन्टका गार्डले पुलिसलाई घटनाको जानकारी दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *