एथ्लेटिक्समा नेपाललाई पहिलो पदक

डिसी नेपाल
१७ मंसिर २०७६ १२:४१

काठमाडाैं। काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालका टङ्क कार्कीले एक हजार ५०० मिटर दौडमा कास्यपदक जितेका हुन्। उनले निर्धारित दूरी तीन मिनेट ५९.२० सेकेण्डमा पूरा गरे। उनी यस पदकसँगै एथ्लेटिक्सतर्फ नेपाललाई पहिलो पदक दिलाउने खेलाडी बने।

सोही स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो। भारतका अजयकुमार सरोले तीन मिनेट ५४.८१ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते। त्यस्तै भारतकै अर्का खेलाडी अजित कुमारले तीन मिनेट ५७.१८ सेकेन्ड खर्चदै रजत पदक हात पारे।

यता सोही स्पर्धाको महिलामा श्रीलङ्काले स्वर्ण जित्दा भारतले रजत र कास्यपदक हात पार्योे। नेपालकी सरस्वती भट्ट पाँचांै र सानुमाया कार्की साताैं भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *