विकासोन्मुख देशहरुमा नारीशोषण बढी

डिसी नेपाल
१७ मंसिर २०७६ १७:४८

काठमाडौं । धार्मिक अगुवाहरुले अज्ञानता र अन्धविश्वासको कारण विकासोन्मुख देशहरुमा धर्मको नाउँमा नारीशोषण, भेदभाव, दमन तथा पितृसतात्मक व्यवहार हुने गरेको बताएका छन् ।

महिला हिंसा न्यूनिकरणमा धार्मिक अगुवाहरुको भुमिका सम्बन्धी मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनीहरुले धर्मका नाउँमा महिला हिंसा बढ्दै गएको बताएका हुन् ।

सन १८७० देखि संयुक्त राष्ट्रसँघले महिला हिंसा विरुद्धको अभियान चलाएको भएपनि विकासोन्मुख मुलुकहरुमा अझैपनि धर्मको नाउँमा कुनै न कुनै हिंसा हुने गरेको उनीहरुको भनाई छ । धार्मिक अगुवाहरुले महिलामाथि हुने गरेको पीडा, क्षति, अपहेलना, ठगी, अपमान र दुव्र्यवहार नै हिंसा भएको बताउँदै ती सबै कामहरु धर्मकै नाउँमा हुने गरेको बताएका छन् ।

उनीहरुले यसबाहेक महिलाले परिश्रम गरेबापत पाउने मूल्य, व्यक्तिगत स्वतन्त्रता, शिक्षा, घरेलु कामको विभाजन, अर्थ व्यवस्थाको जिम्मेवारी, पारिवारिक विषयप्रतिको रायसुझाव र निर्णय लगायतका काममा समेत हुने विभेद नै महिला हिंसा भएको बताएका छन् ।

उनीहरुले धर्म जीवन शैली भएको तर त्यसको गलत व्याख्याका कारण महिलामाथि विभेद हुने गरेको बताएका छन् । हरेक वर्ष नोवेम्बर २५ मा ‘महिला हिंसा विरुद्ध अन्र्तराष्ट्रिय दिवस’ मनाउने गरिन्छ । सोही अनुसार नेपालमा पनि २५ नोवेम्बरदेखि १० डिसेम्बर सम्म १६ दिने महिला हिंसा विरुद्धको अभियान देशैभर सञ्चालन गरिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *