तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

डिसी नेपाल
१७ मंसिर २०७६ १९:५१

काठमाडौं । राजधानीमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोको ग्यारोगीतर्फ नेपालका वीरबहादुर महराले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा आज भएको ग्यारोगीतर्फ पुरुष ६८ केजीमुनिको तौल समूहमा भएको स्पर्धाको फाइनलमा महराले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । महरा भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

त्यसैगरी तेक्वान्दोकी काजल श्रेष्ठले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जितिन् । उनले पाकिस्तानकी सैयद सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् । त्यसअघि काजलले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिईन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *