आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो
काठमाडौं । आज (बुधबार) अमेरिकी डलरसहित सबै देशको भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६१ पैसा र बिक्रिदर १४९ रुपैयाँ ३९ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ५५ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ५२ पैसा रहेको छ ।
बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ ९९ पैसा रहेको छ।
Facebook Comment