रेडक्रस सोसाइटी महासङ्घको महासचिवमा चापागाईं चयन

डिसी नेपाल
१८ मंसिर २०७६ ९:२२

काठमाडौँ । विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ (आइएफआरसी) को महासचिव पदमा जगन चापागाईं छानिएका छन्। उनले १ फेब्रुअरी २०२० देखि आफ्नो चार वर्षको कार्यकाल शुरुआत गर्नेछन् ।

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील इन्जिनीयर चापागाईँ सो पदमा पुग्ने पहिलो नेपाली हुन्।

देशीय रेडक्रसको विश्व छाता सङ्गठनलाई आइएफआरसी भनिन्छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९० देशका रेडक्रस सोसाइटी सो महासङ्घमा आबद्ध रहेका छन् ।

आइएफआरसीको मङ्गलबार बसेको गभर्निङ बोर्डको विशेष बैठकबाट चापागाईं सो पदमा छानिनुभएको आइएफआरसीले मङ्गलबार जनाएको छ।

उनले यसअघि आइएफआरसीका एशिया प्यासिफिक क्षेत्रीय निर्देशकलगायत विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काले चापागाईँ महासचिव पदमा छानिएको बैठकमा जानकारी दिएका थिए।

यसअघि सो पदमा इलाड सई कार्यरत थिए । विशेषगरी विसं २०७२ वैशाखमा नेपालका गएको भूकम्प, गत वर्ष तराई÷मधेशको डुबान प्रभावितलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहयोग जुटाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *