प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक जारी

डिसी नेपाल
१८ मंसिर २०७६ १०:०६

काठमाडौं। कार्यकारी अध्यक्षको भूमिका पाएपछि नेकपा अध्यक्ष प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा सुरु बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली भने उपस्थित छैनन्। प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा उपचाररत छन्।

प्रचण्डले ओलीको सहमति लिएर सचिवालय बैठक बोलाएका हुन्। मंसिर ४ को सचिवालय बैठकले कार्यकारी भूमिकासहित पार्टी सञ्चालनको जिम्मेवारी दिएपछि प्रचण्डको अध्यक्षतामा बसेको यो पहिलो बैठक हो।

बैठकमा उपनिर्वाचनको समीक्षा स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक लगाएतका एजेण्डामा छलफल भइरहेको छ। यसअघि भदौ ९ गते पनि प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो।

पार्टी कार्यालयमा बसेको उक्त बैठकले सांगठनिक एकीकरणका केही काम टुङ्गायको थियो भने नेताकार्यकर्तालाई लागू हुने गरेर अनुशासनका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको थियो।

कार्यकारीको भूमिका पाएपछि सक्रिय हुन खोजेका प्रचण्डलाई प्रधानमन्त्री केपी ओली अस्वस्थ भएपछि खुम्चिएका थिए। सचिवालय बैठकपछि प्रचण्डले केन्द्रीय कार्यसमिति र स्थायी कमिटी बैठक पनि बोलाउने तयारी गरेका छन्। प्रचण्डले आफूलाई सम्पूर्ण रुपमा पार्टीका गतिविधिमा केन्द्रित गर्न चाहेको एक नेताले जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *