तमु ल्होसारको विदा कटौति गरिएकोमा अमेरिकामा आक्रोश
डिसी नेपाल वासिंगटन डिसी ।
तमु ल्होसारको उपलक्ष्यमा अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा नेपाल सरकारले तमु ल्होसारको विदा कटौति गरेकोप्रति राजदूतसमक्ष आक्रोश पोखिएको छ । तमु ल्होसारको उपलक्ष्यमा तमु धीं भर्जिनियाले डिसेम्बर २९ मा आयोजना गरेको सो कार्यक्रममा मन्तव्य राख्ने अधिकांश गुरु¨ समुदायका बक्ताहरुले नेपाल सरकारको सो निर्णयको विरोध गरेका हुन् । तर, अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीले आफ्नो बोल्ने पालोमा अन्य बक्ताहरुको यो आक्रोसबारे कुनै प्रतिक्रिया दिएनन् । बरु उनले सात समुद्रपारि आएर पनि नेपालको संस्कृतिलाई संरक्षण गर्ने काम गरेकोमा अमेरिकाबासी गुरु¨समुदायको प्रसंसा गरे । कार्यक्रममा प्रमुख अतिथि बनाइएका राजदूत कार्कीलाई सेतो फेटासहितको गुरु¨ पोशाकमा आयोजकहरुले सझाएका थिए । गुरु¨ समुदायको नयांबर्ष मनाउने सो उत्सवका अवसरमा राजदूत कार्कीले आ आफ्ना अमेरिकन साथीहरुलाई नेपाल भ्रमणमा पठाएर नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन उपस्थित सबैसंग आग्रह गरेका थिए ।
राजधानी वासिंगटन डिसीनजिकै भर्जिनियाको सेन्टरभिलमा आयोजित तमु ल्होछारको रमझमले नेपालकै झल्को दिएको थियो । कार्यक्रममा सहभागी गुरु¨ समुदायका युवा युवतीहरु परम्परागत पहिरनमा सजिंदा कार्यक्रमस्थल अमेरिका नभएर नेपालकै लम्जुङ्ग ,कास्की पोखरा नै हो किजस्तो आभास दिएको थियो ।
न्युयोर्कदेखि आएका आदिबासी जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङ्गको बिशेष मन्तब्य रहेको उक्त समारोहमा ल्होछार पर्व संयोजक नेत्र गुरुङले स्वागत भाषण गरेका थिए । एक हजार डलर तिरेर संस्थाको संरक्षक बनेका नन्द गुरु¨, सुरेन्द्र गुरु¨, नेत्र गुरु¨, यतमान गुरु¨, धन गुरु¨, के.बी. गुरु¨, संगिता गुरु¨, प्रेम गुरु¨ तथा अन्य आजीवन सदस्यहरुलाई राजदुत डा. कार्कीले सम्मान गरेका थिए । संस्थाका अध्यक्ष नन्द गुरु¨को सभापतित्वमा भएको सो कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बाल्टिमोरबाट आएको कुलप्रसाद गुरु¨को टोलीले प्रस्तुत गरेको ढोलसहितको स्यार्गा नृत्यले सबैलाई मनोरन्जन दिएको सो कार्यक्रममा न्युयोर्कबाट आएकी गायिका ज्याति गुरु¨ले सांगितिक प्रस्तुति दिएकी थिइन् । तामा¨ सोसाइटी अफ ग्रेटर वासिंगटनको तामा¨ सेलोमा भएको सामुहिक नृत्यले सबैको मन चोरेको थियो । कार्यक्रममा लोक गायक श्याम गुरु¨को लोक गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई गुरु¨ समुदायका महिलाहरुले आफैंले पकाएर ल्याएको सेल रोटी खुवाएका थिए ।
मनाङ्गबासीको संस्था घ्याल्सुम्दो समाजको प्रतिनिधित्व गर्दै न्युयोर्कबाट देखी आएकी आदिबासी जनजाती महासंघ,अमेरिकाकी कोषाध्यक्ष छेन्ज्युम लामा, आदिबासी जनजाती महिला संघ, अमेरिकाकी कुसुम भट्टचन , कर्नेल प्रताप गुरूंङ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्ब आयुक्त प्रेमनारायण शर्मा विशेष अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए । अम्बर गुरु¨को नेतृत्वमा न्युयोर्कदेखि आएको टोलीसहित सो कार्यक्रममा भर्जिनिया, मेरिल्याण्ड, वासिंगटन डिसी र न्युजर्सीबाट ठूलो संख्यामा गुरु¨ समुदायको सहभागिता थियो ।
https://www.facebook.com/dc.nepal/videos/817626612015305/
Facebook Comment