नयाँ वर्षमा माछापुच्छ्रे बैंकले ल्यायो नयाँ अफर

डिसी नेपाल
१६ पुष २०७६ ७:३९

काठमाडौँ । माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ बर्ष २०२०को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित नयाँ अफर ल्याएको छ।

बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा रु ५०० क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो।

उक्त योजना अनुसार ग्राहकले माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा रु ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि रु ५०० फिर्ता पाउनेछन्।

त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्ज र ईसेवा पसल लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा रु ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना रु ५०० क्यास व्याक सुविधा प्राप्त गर्न सकिने छ।

माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *