रअका एजेण्टलाई कारवाही गर्न विधेयक ल्याइएको दाबी

डिसी नेपाल
१६ पुष २०७६ १५:३९

काठमाडौं। राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक २०७६ सिआइए र रअ का एजेण्टहरुलाई कारवाही गर्न ल्याइएको दाबी गरेका छन्।
राष्ट्रियसभामा पेश भएको विधेयकमाथिको छलफलका क्रममा उनले नेपालको आन्तरिक मामिलामा रअ र सिआइएका एजेण्टहरुले हस्तक्षेत्र गरेको र उनीहरुको खोजी गरी कारवाही गर्न विधेयक ल्याएको बताए।

‘इन्टेलिजेन्स यसको मुख्य काम हो। अमेरिकाको सिआइए कुन कानुनले चल्छ। नेपाल आएर काम गरिरहेका छन्। त्यसको तलब भत्ता यहाँका बेइमानहरुले खाएका छन्। त्यो नेपालले थाहा पाउनु पर्यो कि परेन ? त्यसले टेलिफोनमा कहाँ कुरा गर्छ सुन्नु पर्यो की परेन?’, उनले भने, ‘हैरान पारेको छ ‘रअ’ले नेपालमा । आन्तरिक मामिलामा हस्तक्षेत्र गरेको छ। त्यसको एजेण्टको को हुन? खोजी खोजी कारवाही गर्ने भनेको छ। यो ऐनमा लेखेको छ। त्यसलााई कारवाही गर्ने किन नगर्ने ? गर्न लाग्यो खवरदार त्यसर्ला गर्न लाग्यो भन्न मिल्छ?

डकैती गर्नेलाई जेल सजाय हुने कानुन बन्यो भने हामीमाथि दोष लगाउँने पो हो की भनेर नसम्झिन पनि उनले आग्रह गरे। उनले भने, ‘डकैती गर्नेर्लाइ १० वर्ष जेल हुन्छ भन्ने कानुन बन्यो भने यो त बनाउनु हुँदैन किनभने हामीलाई डकैती गरेको भनेर दोष लायो भने के गर्ने। चोरी गर्नेलाई सजाय भयो भने, यो चोरी गर्नेलाई सजाय हुन्छ भन्नुभएन यत्रा जनता छन्। जनतालाई चोर भन्यो भनेर कसैले सम्झिन हुन्छ? समस्या यो हो। नेपाल र नेपालको अहित गर्ने कुनै कपुत हुन्छ भने त्यसलाई सजाय हुन्छ भनेर स्पष्ट लेखेको छ।’

खुकुरी, बन्दुक र बम मान्छे मार्नका लागि आविस्कार नभएको भन्दै उनले विधेयकमा भएका केही कुराहरु सच्याएर अगाडि बढ्न सकिने बताए। उनले भने, ‘खुकुरी किन बनाएको? मान्छे मार्न होइनन् नी । बन्दुक किन बनाएको? मान्छे मार्न होइन नी। त्यस कारण यस्ता कुरालाई हामीले सरल ढंगबाट लिनुपर्छ। हामीजस्ता मान्छे संसदमा छौँ। बेठिक कानुन बन्न दिँदैनौ। मौलिक अधिकारको हनन गर्न सदँदैनो । हामी यसलाई हेर्छौ बुझ्छौं। देशको विरुद्धमा जान दिँदैनौं। सरकारले ल्याएको विधेयक ठिक छ भन्ने छैन् सचयाएर पास हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *