सवारी ‘फिटनेस’ परीक्षण केन्द्र विस्तारको तयारी

डिसी नेपाल
१६ पुष २०७६ २१:१०

काठमाडौं । सरकारले सवारी ‘फिटनेस’ परीक्षण केन्द्र विस्तार गर्ने तयारी गरेको छ । सवारीसाधनको अवस्थाका बारेमा प्रविधिको प्रयोगमार्फत जाँच गर्ने प्रविधिका लागि केन्द्र स्थापनाको योजना बनाइएको हो ।

हाल काठमाडौँको टेकुमा मात्रै केन्द्र रहेकामा हेटौँडा र बुटवलमा पनि विस्तारको योजना बनाइएको हो । हेटौँडामा कार्यालय र कर्मचारी भए पनि त्यहाँ उपकरण नभएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । हेटौँडामा उपकरण जडानको काम चालु आवदेखि नै शुरु गरिनेछ । सो कार्यालयमा हाल १५ कर्मचारी छन् ।

सरकारले उपकरण जडान गर्न चालु आवका लागि झण्डै २३ करोड छुट्ट्याएको छ । प्रशासनिक कामका लागि बुटवलमा कार्यालयको स्थापना हुने उनको भनाइ थियो । उनले भने, “चालु आवमा कार्यालय स्थापना भएपछि प्रशासनिक काम शुरु हुन्छ र आगामी वर्षमा उपकरण जडान हुनेछ ।” सडक सुरक्षाका हिसाबले सवारीसाधनको तन्दुरुस्ती महत्वपूर्ण मानिए पनि देशभरमा हाल एउटा मात्रै सवारीसाधन परीक्षण केन्द्र छ । सरकारले देशभरका सबै प्रदेशमा सात केन्द्र स्थापनाको योजना बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *