बार्सिलोनाका गोलकिपर केही स्टेगन समयका लागि मैदान बाहिर!

डिसी नेपाल
१६ पुष २०७६ २१:४३

एजेन्सी । बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगन केही समयका लागि मैदानमा नदेखिने भएका छन् । घुँडामा गम्भिर चोट लागेका कारण उनी केही महिना मैदान बाहिर रहने भएका हुन्।

सोमबार बार्सिलोनाका मेडिकल टिमले स्टेगनको स्वास्थ्य परिक्षण गरेका थिए र उनको दाहिने घुँडामा सर्जरी गर्नुपर्ने देखिएको थियो ।

जर्मनका गोलकिपर स्टेगनको घुँडामा जटिलता देखिएकाले उनको सर्जरी गर्नुपर्ने बताइएको छ । सर्जरी पछि १० वा १२ महिना आराम गर्नुपर्ने भएकाले स्टेगनको घुँडाको सर्जरी गर्नुपर्ने अवस्था आएमा उनले लामो समय बार्सिलोनाको खेल गुमाउने सम्भावना रहेको छ ।

अहिले स्टेगनमाथि अन्य क्लबहरुले पनि रुचि देखाइरहेको छ जबकि उनी केही समयमा बायर्न म्युनिखमा जान सक्ने प्रबल सम्भावनासमेत रहेको बताइएको छ । तर स्टेगनको सर्जरी गर्नुपर्ने अवस्था नभएमा उनी केही दिनमा नै मैदान फर्कन सक्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *