बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी शुरु
नेपालगञ्ज । प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बाँके राष्ट्रिय निकुञ्जमा बुधबारबाट शुरु गरिएको हात्ती सफारीको उदघाटन गरेका छन् । नेपाल भ्रमण वर्षका अवसरमा निकुञ्जमा आयोजित कार्यक्रममा उनले सो कार्यक्रमकोे उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले निकुञ्जले सर्वप्रथम आन्तरिक पर्यटक बढाउनुपर्नेमा जोड दिँदै विदेशी पर्यटकलाई आकर्षित गर्न निकुञ्जमा पर्यटन क्षेत्रको पूर्वाधार बढाउनुपर्छ भने । त्यस अवसरमा सङ्घीय र प्रदेशका सांसद, बाँकेका स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, वन कर्मचारी लगायतको सहभागिता थियो । सो निकुन्जको क्षेत्रफल ५५० वर्ग किलोमिटर छ । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके, दाङ र सल्यान जिल्ला जङ्गलक्षेत्र समेटर बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरेको हो ।
निकुञ्जमा १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरिसृप र ६ प्रकारका उभयचर पाइन्छन् । अन्य २०१८ को गणना अनुसार यो निकुञ्रुजमा २१ पाटेबाघ रहेको निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिए ।
Facebook Comment