क्रिकेटर हार्दिक पंड्याले गरे इंगेजमेन्ट, १० फोटोमा हेर्नुहोस् यी हुन् उनकी हुनेवाली पत्नी

डिसी नेपाल
१७ पुष २०७६ ९:२६

मुम्बइ। बादशाहको गीत ‘डिजे वाले बाबु’बाट चर्चामा आएकी अधिनेत्री तथा मोडल नताशा स्टानोभिकसँग क्रिकेटर हार्दिक पंड्याले इंगेजमेन्ट गरेका छन् । नताशा सर्बियाकी हुन् र लामो समयदेखि उनीहरु डेट गरिरहेका थिए । हार्दिक र नताशालाई कैयौं पटक एकसाथ देखिएको थियो । दुवैले एक अर्कालाई राम्रो साथी बताउँथे । अब भने दुवैले इंगेजमेन्ट गरेका छन् र यसको घोषणा इन्स्टाग्राममा फोटो शेयर गरेर गरेका छन् ।

नताशा २०१२ मा सर्वियाबाट मुम्बइ आएकी हुन् । उनले मोडलको रुपमा कैयौं विज्ञापनमा काम गरेकी छिन् । उनले भारतमा आफ्नो करिअरको सुरुवात मोडलकै रुपमा गरेकी थिइन् । नताशाको परिवारमा पिता गोरान स्टानोभिक, आमा रेडमिला र दाजु नेनाद छन् । नताशाले २०१३ मा आएको प्रकाश झाको फिल्म सत्याग्रहबाट बलिउड डेब्यू गरेकी थिइन् । नताशाले यो फिल्ममा एक आइटम नम्बरमा अजय देवगनसँग डान्स गरेकी थिइन् ।

अन्य विदेशी अभिनेत्रीजस्तै नताशा पनि बिग बोसमा पुगिसकेकी छिन् । नताशा बिगबोस ८ मा आएकी थिइन् । यसका अलावा उनी फिल्म फुकरे रिटर्न्स र जीरोमा पनि काम गरेकी छिन् । नताशा अभिनेत्री र मोडलका अलावा डान्सर पनि हुन् । उनले २०१० मा मिस स्पोर्टस अफ सर्वियाको उपाधि जितेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *