एमसीसी विवादमा माधव नेपालको उत्तर कोरिया ‘कनेक्शन’

डिसी नेपाल
१७ पुष २०७६ १०:५५

काठमाडौं। परमाणु हतियार बनाएका कारण राष्ट्रसंघीय नाकाबन्दी बेहोरिरहेको उत्तर कोरिया लगभग विश्वबाट एक्लिएको मुलुक हो। तर, नेपालका पूर्व प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ दल नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपालको उत्तर कोरियासँग अचम्मको साइनाे छ।

अहिले सत्तारुढ दल नेकपा भित्र देखिएको अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विवादको ‘कनेक्शन’ माधव नेपालको उत्तर कोरियासँग जोडिएको छ।

गत मंगलबार मकवानपुर हेटौंडामा पार्टी वडा कमिटी सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा नेता नेपालले दिएको अभिव्यक्तिले पनि यस्तै संकेत गर्छ। उनले भनेका थिए,‘एमसीसी परियोजना इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको छ र यो रणनीति उत्तर कोरिया, चीन र रुसविरुद्ध उभिएको छ। यसरी कसैको विरुद्ध खडा भएको गठबन्धनको अनुदान हामीले स्वीकार गर्नु हामीलाई घातक हुन्छ ।’

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल भने एमसीसी विवादको सम्बन्ध उत्तर कोरियासँग नभएको बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘यो एमसीसी धेरै भास्ट छ। उत्तर कोरियाको चिन्ता भन्ने होइन। हामी कम्युनिष्ट भएकाले विश्वभरका कम्युनिष्टसँग सम्बन्ध हुने कुरा स्वभाविक हो।’

तर, माधव नेपालका गतिविधिले भने उनी उत्तर कोरियासँग निकट रहेको देखाउँछ। २०७४ साउन २७ गते नेता नेपालले उत्तर कोरियाको विवादास्पद भ्रमण गरेका थिए। त्यतिबेला नेता नेपाल ‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पिके टु’ कार्यक्रमका लागि ४ दिने भ्रमणमा उत्तर कोरियाको राजधानी प्योङयाङ गएका थिए।

नेता नेपालले हालसम्म ४ पटक प्योङयाङको भ्रमण गरिसकेका छन्। २०५०, २०५३, २०५५ र २०७४ मा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेका छन्।  एक अन्तर्राष्ट्रिय प्रतिबन्ध भोगिरहेको मुलुकसँग नेता नेपालको यो उत्तर कोरिया मोह भने निकै रहस्यमयी छ।

 

उनको यो भ्रमणप्रति पार्टी पार्टी अध्यक्ष केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयलेसमेत असन्तुष्टि व्यक्त गरेको थियो। त्यतिबेला अध्यक्ष केपी ओलीले नेता नेपालसँग स्पष्टिकरणसमेत सोध्ने बताइएको थियो। यद्यपी उत्तर कोरियाबाट फर्केपछि नेता नेपालले यस्तो कुनै असन्तुष्टि आफूसँग नदेखाइएको बताएका थिए।

नेता नेपालले हालसम्म ४ पटक प्योङयाङको भ्रमण गरिसकेका छन्। २०५०, २०५३, २०५५ र २०७४ मा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेका छन्।  एक अन्तर्राष्ट्रिय प्रतिबन्ध भोगिरहेको मुलुकसँग नेता नेपालको यो उत्तर कोरिया मोह भने निकै रहस्यमयी छ।

नेकपा स्थायी कमिटी सदस्य गणेश शाह भन्छन्, ‘उत्तर कोरियाको भूगोल र राजनीतिक व्यवस्था फरक छ। हामी कम्युनिष्ट भएका कारण उत्तर कोरियालाई हेर्ने दृष्टिकोण नरम होला। तर फेरि मुलुक त संयुक्त राष्ट्रसंघको सदस्य पनि हो। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई प्रतिबन्ध लगाएको हुनाले नेपालले पनि उत्तर कोरियाको लगानी फिर्ता गरेको हो।’

गणेश शाह, स्थायी कमिटी सदस्य नेकपा

उनी अगाडि भन्छन्, ‘विभिन्न सुपरपावर मुलुकसँग दौत्यसम्बन्ध राख्नु र ती मुलुकबाट आर्थिक फाइदा लिनु राम्रो हो। यस्ता विषयमा पार्टीको विदेश विभागले अन्तर्राष्ट्रिय नीतिका विषयमा डकुमेन्ट तयार गर्नु पर्नेमा उल्टै विवाद गरे। यो विषयमा पार्टीले कुनै पनि निर्णय नगरेको हुनाले नेतापिच्छे फरक धारणा आएका छन्।’

स्थायी कमिटी सदस्य शाह भन्छन्, ‘पहिलोपटक एमसीसीको विषयमा स्थायी कमिटीमा उठेको थियो, त्यहाँ छलफल भएपछि यो विषयमा निर्णय गर्ने जिम्मा सचिवालय बैठकलाई दिएको थियो, सचिवालय बैठकले यो विषयमा निर्णय गरिसकेको छैन, यो विषयलाई पार्टीभित्र खुट्टा तान्ने प्रवृत्तिका रुपमा लिने काम भएको छ।’

नेता नेपाललाई एमसीसीबारे उत्तर कोरियाको चिन्ता लागेको कुरा आफु निकट नेताहरुमाफर्त पार्टीको स्थायी कमिटी सदस्यहरुमार्फत बोल्न लगाए। हालै सकिएको नेकपा स्थायी कमिटी बैठकमा नेपाल निकट मानिएका नेता भीम रावल सबैभन्दा कडा रुपमा प्रस्तुत भए। नेता रावल स्थायी कमिटी बैठकभन्दा बाहिर पनि एमसीसीको विरोधमा लगातार बोलिरहेका छन्।

त्यसो त एमसीसीको विरोध गर्ने नेकपाको समूहमा नेता नेपाल एक्लो भने होइनन्। उत्तर कोरियासँग नरम देखिने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमसीसीको विरोध गरिरहेका छन्। पार्टीको स्थायी कमिटी बैठक सकिएको भोलिपल्ट उनले एमसीसी इण्डो प्यासिफिकको अंग भए त्यसलाई अस्वीकार गर्ने बताएका थिए।

‘पहिलोपटक एमसीसीको विषयमा स्थायी कमिटीमा उठेको थियो, त्यहाँ छलफल भएपछि यो विषयमा निर्णय गर्ने जिम्मा सचिवालय बैठकलाई दिएको थियो, सचिवालय बैठकले यो विषयमा निर्णय गरिसकेको छैन, यो विषयलाई पार्टीभित्र खुट्टा तान्ने प्रवृत्तिका रुपमा लिने काम भएको छ।

स्थायी कमिटी बैठकमा दाहाल निकट नेताहरु देव गुरुङ, पम्फा भुषाललगायतका नेताहरुले एमसीसी अनुमोदन गर्न नहुने भन्दै विरोध जनाएका थिए। स्मरण रहोस अध्यक्ष दाहालले पनि उत्तर कोरियाको भ्रमण गर्न चाहेका थिए।

२०७५ भदौमा दाहालले उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरेका थिए। तर, पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दाहाललाई उत्तर कोरिया भ्रमणबाट रोकेका थिए। यतिमात्र होइन जबरजस्ती करण उद्योगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा पनि उत्तर कोरिया निकट मानिन्छन्।
महराले मन्त्रीको हैसियतमा २०६५ मा उत्तर कोरियाको भ्रमण गरेका थिए।

नेपाली नेता र उत्तर कोरियाको सम्बन्ध सँधै रहस्यमी रहँदै आएको छ। कम्युनिष्ट नेतामात्र होइन पञ्चायती नेताहरुले पनि बेला बेला उत्तर कोरियाको भ्रमण गरेका छन्। नेपाल र उत्तर कोरियाबीच २०३१ भदौ २ मा कुटनीति सम्बन्ध स्थापित भएको थियो। त्यसपछि कीर्तिनिधी विष्टले उत्तर कोरियाको भ्रमण गरेका थिए। कुटनीति सम्बन्ध स्थापना हुनुअघि टंकप्रसाद आचार्यले पनि उत्तर कोरियाको भ्रमण गरेका थिए।

राष्ट्रसंघीय नाकाबन्दी खेपिरहेको उत्तर कोरियाले नेपालमा लगानी गरेकोमा उता अमेरिका नेपालप्रति असन्तुष्टि देखिएपछि नेपालले हालै उत्तर कोरियाली नागरिकलाई ‘डिपोर्ट’ गरेर लगानीसमेत फिर्ता गरिदिएको छ।

सत्तारुढ दल नेकपा भित्र देखिएको विवादका कारण एमसीसी संसदबाट अनुमोदन गराउन सरकारलाई सकस हुने देखिएको छ। विदेश विभाग उपप्रमुख रिजाल भन्छन्, ‘यो त्यति सजिलै टुंगिएला जस्तो लाग्दैन। अमेरिकाले पछिल्लो पटक एमसीसी इण्डो प्यासिफिककै अंग नभनेको भए, सायद यति विवाद हुने थिएन। अब गाह्रो छ।’

तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने परराष्ट्र मन्त्तालयमै पत्रकार सम्मेलन गरेर एमसीसी अनुमोदन हुने बताएका छन्। सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले लागतार एमसीसी अनुमोद हुने भनिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *