राजकुमार राव होइन राजकुमारी राव !
मुम्बइ। बलिउड अभिनेता राजकुमार रावले आगामी फिल्म लुडोबाट आफ्नो २ लुक शेयर गरेका छन् । एउटामा उनी युवतीको भेषमा देखिएका छन् । अर्को लुक भने ८० को दशकमा अभिनेता मिथुन चक्रवर्तीको लुकबाट प्रेरित देखिएको छ । लुडो २४ अप्रिलमा रिलिज हुँदैछ । फिल्ममा अभिषेक बच्चन, तानी वासु, फतिमा सना शेख, रोहित शर्राफ, आदित्य रोय कपूर, सान्या मल्होत्रा पनि छन् । फिल्मको निर्देशन अनुराग बसुले गर्दैछन् ।
राजकुमारले यो फोटो इन्स्टाग्राममा शेयर गरेपछि फ्यानले यसको तारिफमा कमेन्ट गरिरहेका छन् । केहीले पहिलो फोटोमा राजकुमारको लुक आलिया भट्ट वा कृति सेननसँग मिल्दोजुल्दो भएको बताएका छन् । केहीले भने यो फोटोमा राजकुमारी राव भनेर कमेन्ट गरेका छन् । राजकुमार लुडोपछि जाह्नवी कपूरसँग फिल्म रुही आफजा र हंसिल मेहताको फिल्म छलांगमा नुसरत भरुचासँग देखिदैछन् ।
Facebook Comment