वर्षापछि हिमपातको सम्भावना, मौसम पूर्वानुमान महाशाखा भन्छ – ‘शनिबारसम्म यस्तै हुन्छ’

डिसी नेपाल
१७ पुष २०७६ १४:५९

काठमाडौं । काठमाडौंलगायत देशका केही भागमा मौसम बदली भइ पानी परेको छ । पश्चिमी वायुको प्रभावले काठमाडौंलगायत देशका केही भागमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेसँगै हुम्लाको सदरमुकाम सिमीकोट लगायतका केही उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परेको छ । मौसमविद् सजिना शाक्यका अनुसार पानी परेपछि अहिले केही उच्च भेगमा हिउँ परेको छ । भोली र पर्सी पनि देशका विभिन्न भागमा पानी पर्ने शाक्य बताउँछिन् ।

पानी परेसँगै चिसो बढ्दै जाने भएकाले विशेषगरी लेकाली भेगका मानिसहरुलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *