२०२० मा बलिउडका ठूला सम्भावनाः सलमान पिता बन्ने, अक्षय भारतीय नागरिक बन्ने
मुम्बइ। नयाँ वर्ष २०२० सुरु भइसकेको छ । यो वर्षबलिउडको लागि विशेष रहने देखिएको छ । फिल्म र बक्स अफिसको विषयले मात्र नभइ अन्य कुराले पनि यो वर्ष विशेष हुने अनुमान गरिएको छ । व्यक्ति विशेषको लागि पनि यो वर्ष निकै अहम हुन सक्ने सम्भावना छ । यस वर्ष बलिउडमा देखिएका सबैभन्दा ठूला ८ सम्भावना यस्ता छन् ।
१. सलमान खान पिता बन्नेः सलमानले कहिले बिहे गर्छन् भन्ने प्रश्न हरेक वर्ष उठ्छ तर यसको जवाफ कसैलाई थाहा छैन । तर, २०२० मा उनले पिता बनेर फ्यानहरुलाई आश्चर्यमा पार्न सक्छन् । २०१९ मा सलमानले कैयौं पटक यो इच्छा जाहेर गरेका छन् कि उनी पिता बन्न चाहन्छन् । मे २०१९ मा उनको करिबी सूत्रले दिएको जानकारीअनुसार उनी सेरोगेसीबाट पिता बन्ने योजना बनाइरहेका छन् । यसअघि २०१७ मा पनि सलमानले २–३ वर्षमा सेरोगेसीको माध्यमले सिंगल फादर बन्ने बताएका थिए । केही दिनअघि सलमानको जन्मदिनमा उनकी बहिनी अर्पिताले छोरी जन्माएपछि मिडियासँग कुरा गर्दै सलमानले आफू काका, मामा बनिसकेको र अब ‘पापा’ बन्न बाँकी रहेको बताएका थिए ।
२. अक्षय कुमार भारतीय नागरिक बन्नेः अक्षय कुमार आफ्नो राष्ट्रियताका कारण विवादमा परिरहन्छन् । उनीसँग क्यानडाको पासपोर्ट छ यही कारण सामाजिक संजालमा उनलाई विदेशी भएको आरोप लगाइने गरिन्छ । २०१९ मा अक्षय कुमारले एक अन्तरवार्तामा भारतको नागरिकताको लागि आफूले निवेदन दिइसकेको बताएका थिए । २०२० मा अक्षय कुमार भारतीय नागरिक बन्ने सम्भावना बलियो छ ।
३. रणवीर र आलियाको विवाहः रणवीर कपूर र आलिया भट्ट लामो समयदेखि आफ्नो सम्बन्धका विषयमा चर्चामा छन् । २०१९ को अन्त्यमा यो जोडीले २०२० को जाडोमा विवाह गर्ने दावी गरिएको थियो । दावी त यहाँसम्म गरिएको थियो कि उनीहरुको विवाह कश्मिरमा हुनेछ । रणवीर, आलिया वा उनीहरुको परिवारले यसको खण्डन पनि गरेनन् । त्यसैले उनीहरुले २०२० मा विवाह गर्ने सम्भावना बलियो छ ।
४. शाहरुख खानको कमब्याकः २०१९ मा शाहरुख खानका कुनै पनि फिल्म रिलिज भएनन् । २०१८ मा रिलिज भएको फिल्म जीरो पछि शाहरुखले अर्को फिल्म साइन पनि गरेका छैनन् । २०२० मा भने उनको कुनै न कुनै फिल्म फ्लोरमा जाने अनुमान गरिएको छ । शाहरुखले राजकुमार हिरानीको एक फिल्मका लागि मौखिक रुपमा सहमत भइसकेको बताइएको छ जसको सुटिङ अप्रिलबाट सुरु हुने सम्भावना छ । तमिल निर्देशक एटलीसँग पनि शाहरुखले एउटा फिल्म गर्ने चर्चा छ अर्कोतर्फ अली अब्बास जफरसँग पनि उनले काम गर्ने चर्चा छ । यद्यपि शाहरुखको तर्फबाट कुनै पनि प्रोजेक्टको पुष्टि भएको छैन ।
५. बक्स अफिसमा अक्षय कुमारको राजः अक्षय कुमारले २०१९ मा बक्स अफिसमा ६३०.३९ करोडको कारोबार गरे । यो २०१९ मा मात्र नभइ इतिहासमै कुनै पनि अभिनेताको फिल्मले एक वर्षमा गरेको सबैभन्दा ठूलो कमाइ हो । अक्ष्यका ४ फिल्म २०१९ मा रिलिज भए र सबै हिट भए । २०२० मा पनि उनका ४ ठूला फिल्म सूर्यवंशी, लक्ष्मी बम, पृथ्वीराज र बच्चन पाण्डे रिलिज हुँदैछन् । चारै फिल्मबाट ठूलो कमाइको अपेक्षा गरिएको छ । २०२० मा पनि बलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता अक्षय कुमार नै हुने अनुमान गरिएको छ ।
६. बायोपिकको दबदबाः २०२० मा बायोपिक र सत्य घटनामा आधारित फिल्मको दबदबा हुनेछ । मराठा योद्धा तानाजी मालुसरेको जीवनमा आधारित ‘तान्हाजी’, दिल्ली एसिड आक्रमण पीडितको ‘छपाक’, तमिलनडुकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिक ‘थलाइवी’ प्रथम भारतीय महिला पाइलट गुञ्जन सक्सेनाको बायोपिक ‘गुंजन सक्ेना’, १९८३ को विश्वकपमा आधारित ‘८३’, राजपूथ योद्धा पृथ्वीराज चौहानको बायोपिक ‘पृथ्वीराज’ स्वतन्त्रता सेनानी सरदार उधम सिंहको बायोपिक ‘सरदार उधम सिंह’, भारतीय फुटबलर सैयद अब्दुल रहीमको बायोपिक ‘मैदान’, भारतीय शटलर साइना नेहवालको बायोपिक ‘साइना’ कारगिल युद्धका हिरो क्याप्टेन बत्राको बायोपिक ‘शेरशाह’ लगायत २०२० मा रिलिज हुँदैछन् ।
७. २०१९ का घटनामा फिल्मः २०२० मा २०१९ मा घटेका घटनामा आधारित फिल्म पनि रिलिज हुनेछन् । संजय लीला भंसालीले भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा गरेको एयर स्ट्राइकका विषयमा फिल्म बनाउने घोषणा गरिसकेका छन् । कश्मिरमा धारा ३७० हटाइएको विषयमा अनुभव सिन्हाले ‘कश्मिर फाइल्स’ घोषणा गरेका छन् । महाराष्ट्र विधानसभा निर्वाचनपछिका नाटकीय घटनामा पनि कैयौं फिल्मको नाम दर्ता भइसकेका छन् । अयोध्या विवादका विषयमा सर्वोच्च अदालतको फैसलापछि यस विषयमा प्रकाश झा वेब सिरिज बनाउँदैअयोध्या विवादका विषयमा सर्वोच्च अदालतको फैसलापछि यस विषयमा प्रकाश झा वेब सिरिज बनाउँदैछन् । यही विषयमा कंगना रनोटले पनि निर्मात्रीको रुपमा ‘अपराजित अयोध्या’ बनाउने घोषणा गरिसकेकी छिन् ।
८. नयाँ अनुहारको डेब्यूः २०२० मा कैयौं नयाँ अनुहारले डेब्यू गर्नेछन् । पूजा बेदीकी छोरी आलिया फर्निचरवाला सैफ अली खानसँग फिल्म जवानी जानेमनबाट बलिउड प्रवेश गर्दैछिन् । अर्जुन रेड्डीकी हिरोइन शालिनी पाण्डे पनि रणवीर सिंहसँग फिल्म जयेशभाइ जोरदारबाट बलिउड डेब्यू गर्दैछिन् । टिभी अभिनेत्री क्रिस्टल डिसुजा अमिताभ बच्चन, इमरान हाशमीसँग चेहरे फिल्मबाट बलिउड प्रवेश गर्दैछिन् । मिस वर्ल्ड मानुषी छिल्लर अक्षय कुमारसँग पृथ्वीराजबाट बलिउड प्रवेश गर्दैछिन् । सुनील शेट्टीका छोरा अहानको डेब्यू फिल्म तडप पनि २०२० मै रिलिज हुँदैछ । दक्षिण भारतीय अभिनेत्री किर्ति सुरेश अजय देवगनसँग मैदानबाट बलिउड प्रवेश गर्दैछिन् ।
Facebook Comment