ए डिभिजन लिगः एपीएफको पहिलो जित
काठमाडौं । नेपाल एपीएफ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २–१ ले हरायो । ६३औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफले खेलमा अग्रता लिन सफल भयो ।
इन्जुरी समयको दोस्रो मिनेटमा आशीषले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । लगत्तै विनोद केसीले गोल फर्काएपनि एपीएफले जित हासिल गर्यो ।
यस जितसँगै एपीएफ ४ खेलमा १ जित, १ बराबर र २ हारसँगै ४ अंक जोड्दै ११ अौं स्थानमा उक्लेको छ । अंकविहिन सरस्वती भने पुछारमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment