ईपिएलको नयाँ मिति सार्वजनिक, पीपीएल र डीपीएल खेलेका विदेशी खेलाडी खेल्न नपाउने

डिसी नेपाल
१७ पुष २०७६ १९:५०

काठमाडौं । नेपालमा आयोजना हुने घरेलु क्रिकेट लिग खेलेका विदेशी खेलाडीले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सहभागिता जनाउन नपाउने भएका छन् ।

गत संस्करणको ईपीएल पछिका अन्य प्रतियोगिता खेलेका विदेशी खेलाडीले यस संस्करणको ईपीएल खेल्न नपाउने भएका हुन् ।

आयोजक ईपीएलले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै नेपालमा गत संस्करणको ईपीएल देखि आउने संस्करणभित्रको घरेलु प्रतियोगिता खेलेका विदेशी खेलाडीले खेल्न नपाउने जनाएको छ ।

यस्तै आयोजकले लिगका लागि विदेशी खेलाडीले आफ्नो देशको क्रिकेट बोर्डबाट स्वीकृति लिनु पर्नेछ । यस्तै ईपीएलले प्रतियोगिताको नयाँ मिति समेत सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक गरेको मिति भन्दा १२ दिन पछि सरेको हो ।

अब ईपीएल चैत १ देखि १५ गतेसम्म संचालन हुनेछ । यसअघि प्रतियोगिता फागुन १७ देखि चैत १ सम्म चल्ने तालिका रहेको थियो ।

यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिएको छ । यस्तै अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) मा समेत यस मितिलाई प्रस्ताव गरिएको छ ।

ईपीएलको लागि आयोजकले पहिलो श्रेणीको खेलाडीको नाम समेत सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका १४ खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ ।

जसमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, शरद भेषवाकर, आरिफ शेख, सन्दिप लामिछाने, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुवास खकुरेल, पवन सराफ, बसन्त रेग्मी, प्रदिप ऐरी, सुसन भारी, अभिनाश बोहोरा र सोमपाल कामी छन ।

पहिलो श्रेणीमा रहेका खेलाडीले लिगमा न्युनतम मूल्य दुई लाख रुपैयाँ तोकिएको छ । खेलाडी ट्रेडको लागि समेत पुष १७ देखि पुष २४ गते तोकिएको छ ।

प्रेस विज्ञप्ति




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *