सभामुख र राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार चयन गर्न नेकपा सचिवालय बैठक बस्दै

डिसी नेपाल
१८ पुष २०७६ ७:३४

काठमाडौं। राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार र सभामुखको उम्मेद्वार चयन गर्न नेकपा सचिवालय बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार र सभामुखको उम्मेद्वार चयनका विषयमा छलफल हुने नेताहरुले जनाएका छन्।

यी दुवै विषयमा बिहीबारको सचिवालय बैठकमा पनि छलफल भएको थियो। तर कुनै निष्कर्ष निस्एिको थिएन। राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राजपालाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि सभामुख पद रिक्त छ। सभामुख छनोट गर्न नसक्दा संसदको हिउँदे अधिवेशनसमेत प्रभावित भएको छ। सभामुख पदका लागि पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *