पिताको अन्तिम संस्कारमा १९ महिने छोरालाई सरकारले दियो वीरता पुरस्कार

डिसी नेपाल
१८ पुष २०७६ ११:०२

मेलबर्न। अस्ट्रेलियाको जंगलमा लागेको आगो निभाउने क्रममा गत हप्ता दमकलकर्मी ज्योफ्री किटनको मृत्यु भएको थियो । यो बहादुरीका लागि बिहीबार दमकलकर्मीको अन्तिम संस्कारपछि उनका १९ महिने छोरा हार्वी किटनलाई सर्वोच्च सेवा पदकले सम्मानित गरियो । यस क्रममा हार्वी रुरल फायर सर्भिसको युनिफर्ममा थिए ।

न्यू साउथ वेल्स रोयल फायर सर्भिस कमिश्नर क्रेग फिजसिमन्सले हार्वेको युनिफर्ममा मेडल लगाए । अन्तिम संस्कारमा उपस्थित फायर फाइटरहरुले ज्योफ्रीलाई सलामी दिए र उनको पार्थिव शरीरलाई सिड्नीमो चिहानघाटमा गाडे ।

हार्वीका पिता ३२ वर्षका किटन ती तीन दमकलकर्मीमध्येका एक हुन् जसको हालै मृत्यु भएको थियो । किटन र उनका सहयोगीको आगो निभाउने क्रममा जलिरहेको रुख गाडीमाथि ढलेका कारण मृत्यु भएको थियो । तेस्रो फयर फाइटरको पनि यसै हप्ता मृत्यु भएको थियो ।

ज्योफ्रीको अन्तिम संस्कारमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन पनि सहभागी भए । अस्ट्रेलियामा लागेको आगो नियन्त्रणमा प्रभावकारी काम नगरेको भन्दै मरिसनको निकै आलोचना भएको थियो । उनी परिवारसँग विदा मनाउन हवाइ गएका थिए । सामाजिक कार्यकर्ता र फायर फाइटरको बढ्दो दबाबपछि उनी फर्केका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *