नेपाल सधैं शान्तिको पक्षमा : मन्त्री भट्टराई

डिसी नेपाल
१८ पुष २०७६ १२:४१

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सधैं शान्तिको पक्षमा रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल सधैं विश्वमा शान्ति कायम होस भन्ने पक्षमा रहेको बताएका हुन्। उनले चेन्टिङ सेरेमोनीले अन्तर्राष्ट्रिय एकवद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पुर्याउने बताए।

उनले भ्रमण वर्ष २०२० को जनवरी १ देखि नेपाल भ्रमण वर्ष शुरु भएको अवस्थामा यस्तो कार्याक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई नेपालको पर्यटन वर्षको प्रवद्र्धनमा समेत सहयोग पु्याउने बताए।

मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्बिनिमा सरकारले अन्तर्राट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी समेत दिए। सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनिको प्रवद्र्धनमा सहयोग पुर्याउने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *