अर्थ मन्त्रालयमा बसेर अकुत ४ करोड कमाउने उपसचिब विरुद्ध मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयका उपसचिब राजेन्द्र ढुंगानाविरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ।
अख्तियार प्रवक्ता दीपक कोइरालाले उपसचिब ढुंगानाविरुद्ध ४ करोड ६८ लाख ४८ हजा ५५६ सय ४५ पैसा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको जानकारी दिए। अख्तियारले २०४९ मा सरकारी सेवा प्रवेश गरेका ढुंगानाले २०७५ सम्म आर्जन गरेको सम्पत्तिको छानविन गर्दा सो परिणामको सम्पत्तिको स्रोत नखुलेको जनाएको छ।
अख्तियारले ढुंगानाकी श्रीमती मधु ढुंगाना (कोइराला)विरुद्ध पनि भ्रष्टाचार मतियारका रुपमा मुद्दा दायर गरेको छ।
प्रेस विज्ञप्ति : मिति २०७६।०९।१८ गते
अर्थ मन्त्रालयका उप-सचिव राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्ने समेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४९।०४।१९ देखि २०७५।०३।३२ सम्म आर्जन गरेको वैध आय रु.७९,५४,७९५।०८ को तुलनामा निजले सोही अवधिमा गरेको खर्च तथा लगानी रु. ५,४८,०३,३५१.५३ अस्वाभाविक देखिएको र निजले गरेको खर्च तथा लगानी मध्ये रु।४,६८,४८,५५६।४५ को स्रोत खुल्न नआएको हुँदा निज राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएको एवं निज राजेन्द्र ढुङ्गानाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुँदा निजलाई बिगो रु.४,६८,४८,५५६।४५ (चार करोड अठसठ्ठी लाख अठचालीस हजार पाँच सय छपन्न रुपैयाँ पैतालीस पैसा मात्र) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो रु.४,६८,४८,५५६.४५ (चार करोड अठसठ्ठी लाख अठचालीस हजार पाँच सय छपन्न रुपैयाँ पैतालीस पैसा मात्र) जफत गरी पाउन मागदाबी लिइएको छ ।
साथै, निज राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत श्रीमती मधु कोइराला ९ढुङ्गाना० को नाममासमेत खरिद गरी राखेको देखिएकोले मधु कोइराला (ढुङ्गाना) को नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम श्रीमती मधु कोइराला (ढुङ्गाना) समेतलाई प्रतिवादी बनाई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Facebook Comment