सुन तस्करीमा भारतीय नेटवर्क सक्रिय, ‘लिक्वुइड गोल्ड’सहित २ जना पक्राउ

डिसी नेपाल
१८ पुष २०७६ १६:३५

काठमाडौं। नेपालमा पछिल्लो समय सुन तस्करीमा भारतीय सञ्जाल सक्रिय रहेको पाइएको छ। ३ दिन यता २ पटक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेसँगै सुन तस्करीमा भारतीय नेटवर्क सक्रिय रहेको देखिएको हो।

गएको मंगलबार एकजना भारतीय नागरिक एक किलो सुनसहित पक्राउ परेका थिए भने शुक्रबार दुईजना भारतीय नागरिक पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयले जनाएको छ।

भन्सारका अनुसार दुईजना भारतीय नागरिकनविन गोपी चन्द र भरत सुरेशलालले यूएईबाट सुनलाई तरल बनाएर ल्याएका थिए। विमानस्थलमा उनीहरुको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले खोजतलास गर्दा तरल अवस्थामा सुन फेला परेको थियो। यसरी तरल अवस्थामा सुन फेला परेको यो सम्भवत पहिलो घटना हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *