५ वर्षकी ‘सुपरहिरो’ बालिका जसले आमालाई मृत्युको मुखबाट बचाइन्
काठमाडौं। ५ वर्षकी एक बालिकाले ब्रेन स्ट्रोक भएर ढलेकी आमालाई चमत्कारिक तरिकाले बताएकी छिन् । उनकी आमा ब्रेन स्ट्रोकका कारण घरमै भुइँमा ढलेकी थिइन् । त्यतिबेला आमासँग ती बालिकाबाहेक कोही थिएनन् । बालिकाले तत्कालै आफ्ना पिता डेमिन गेल्भिनलाई फेसटाइम एपबाट फोन गरिन् । उनकी आमा मेरी कन्स्टान्ट स्ट्रोकका कारण आयरल्याण्डको कोर्कस्थित घरमा ढलेकी थिइन् ।
पितालाई फोन गरेपछि बालिका प्रियाले तत्कालै भनिन् ‘मम्मी भुइँमा ढल्नुभएको छ र उठ्न सकिरहनुभएको छैन ।’ डेमिनले रेड एफएमलाई बताएअनुसार उनी गाडी चलाइरहेका बेला सामान्यतया कल रिसिभ गर्दैनथे तर केही अनौठो कारणले त्यस दिन उनले फोन उठाएका थिए । उनले भने ‘मैले फोनमा उनको नाम देखें र तत्कालै फोन उठाउने निर्णय गरें । मलाई केही अनौठो कारणले यस्तो महसुस भयो कि मैले त्यो फोन उठाउनुपर्छ ।’
बेलायती मिडिया द मिररको रिपोर्टमा उल्लेख भएअनुसार उनले अगाडि भने ‘उनले रुँदै भनिन् कि मम्मीले चिया पिउँदै थिइन् । यत्तिकैमा उनी ढलिन् र उठ्न सकिरहेकी छैनन् । मैले उनीसँग के भन्न खोजेको भनेर सोधें तर उनले केवल यत्ति भनिरहिन् कि मम्मी भुइँमा छिन् र उठ्न सकिरहेकी छैनन् । उनले क्यामेरा घुमाएर मलाई घरको स्थिति देखाइन् । मैले देखें मेरी किचनको भुइँमा थिइन् र निकै गम्भीर अवस्थामा थिइन् ।’
डेमिनले केही महिनाअघि मात्र प्रियालाई उनको आइप्याडमा कसरी फेसटाइम चलाउने भनेर सिकाएका थिए ताकि उनी आफ्नी कजिन, हजुरबुवा–हजुरआमा र परिवारसँग कुरा गर्न सकुन् । डेमिनले आफ्नी पत्नी मेरीको त्यस्तो हालत देखेपछि मेरीकी बहिनी र मातापितालाई तत्कालै फोन गरे जो उनको घर नजिकै बस्थे । भाग्यवश मेरीकी बहिनी र उनका पति घरमै थिए, उनीहरु तत्कालै डेमिनको घर पुग्न सके र तत्कालै एम्बुलेन्सलाई फोन गरे ।
डेमिनले भने ‘उनीहरु पछाडिको ढोकाबाट भित्र जाने प्रयास गरे तर यो नयाँ घर थियो र उनीहरु डबल स्लाइडिङ ढाकाबाट भित्र जान सकेनन् । उनीहरु ढोका फुटाउन तयार भइसकेका थिए तर प्रियाले जसोतसो ढोका खोल्न सकिन् र उनीहरु भित्र गए ।’ पारामेडिक्सले ३५ वर्षे मेरीलाई तत्कालै अस्पताल पुर्याए जहाँ डाक्टरहरुले प्रियाको द्रुत कामले गर्दा मेरीको जीवन बचाउन सकिएको बताए ।
डेनिमका अनुसार उनकी पत्नीको शफल शल्यक्रिया गर्ने सर्जनलाई धन्यवाद दिँदै गर्दा उनलाई महसुस भएको थियो कि मेरीलाई अति आवश्यक समयमा आकस्मिक सहयोग गर्न प्रियाले कति महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । डेनिमले अगाडि भने ‘घटना सोमबार भएको थियो र मंगलबार मैले मेरीका सर्जनलाई भेटें । मैले उनलाई धन्यवाद दिएँ तर उनले भने – मैले सधैं गर्ने कामको लागि मलाई धन्यवाद दिइरहनु जरुरी छैन । तिमीसँग सानी ५ वर्षकी बालिका छिन् जो वास्तविक हिरो हुन् ।’
Facebook Comment