किशोरीलाई १२ जनाले सामूहिक बलात्कारको घटनामा यु–टर्न, किशोरीले प्रधानमन्त्री गुहारिन्

डिसी नेपाल
१९ पुष २०७६ १५:१९

काठमाडौं। साइप्रसमा पहिले आफूलाई १२ जनाले इजरायली युवाहरुले सामूहिक बलात्कार गरेको आरोप लगाएकी एक बेलायती किशोरीले पछि आफूले झुटो बोलेको बताएकी थिइन् । उनले आफ्नो बयान झुटो भएको र आफूलाई बलात्कार नगरिएको लिखित बयान दिएकी थिइन् । झुटो आरोप लगाएको अभियोगमा अहिले उनलाई जेल सजायको तयारी भइरहेका बेला विशेषज्ञले त्यो लिखित बयान उनले नलेखेको खुलासा गरेका छन् । विशेषज्ञले त्यो बयान उनले लेखेको भनिनु अत्यन्तै अस्वभाविक भएको दावी गरेका हुन् ।

विशेषज्ञ डा. एन्ड्रिया निनीले यो लिखित बयान उनी आफैंले लेखेको नभइ कुनै साइप्रससकै पुलिस अफिसरले उनलाई जबरजस्ती लेख्न लगाएको हुन सक्ने सम्भावना अत्याधिक देखिएको खुलासा गरेकी हुन् । गत जुलाइमा १९ वर्षकी यी किशोरी हाइस्कुलपछिको विदाको समयमा इजरायल गएकी थिइन् जहाँ उनले पुलिसमा गएर आफूलाई १२ जना इजरायली युवाले बलात्कार गरेको बताएकी थिइन् । उनले बयान १० दिनपछि बदलेकी थिइन् । अहिले उनले पुलिसले आफूलाई धम्की दिएर बयान बदल्न लगाएको दावी गरेकी छिन् ।

उनलाई अहिले सार्वजनिक रुपमा झुट बोलेको आरोपमा मुद्दा चलाइएको छ जसमा उनलाई जेल सजाय समेत हुन सक्छ । उनीविरुद्धको सुनुवाइ उनले दिएको त्यही लिखित बयानमा केन्द्रित छ जुन बयान, उनका अनुसार, डिटेक्टिभ सार्जेन्ट मारियस क्रिस्टोले ८ घण्टासम्म बिना वकिल सोधपुछपछि जबरजस्ती लेख्न लगाएका हुन् ।

ती किशोरीकै हातले लेखिएको यो बयानमा प्रयोग गरिएका शब्द, शब्दावली र भाषामा केही यस्ता शंकास्पद कुराहरु छन् जुन डर्बीशायरकी ती किशोरीको भाषासँग मिल्दैनन् । बयानमा प्रयोग गरिएको भाषा ग्रीक अंग्रेजी छ जुन ती किशोरीको मातृभाषा होइन । उनका अनुसार यो सबै उनलाई जबरजस्ती लेख्न लगाइएको हो ।

किशोरीले आफ्नो केसमा दखल दिन बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आग्रह गरेकी छिन् । बेलायती मिडिया द सनसँग कुरा गर्दै किशोरीले प्रधानमन्त्री बोरिस जोनसन र विदेश सचिव डोमिनिक रबलाई व्यक्तिगत रुपमा केसमा दखल दिन आग्रह गरेकी हुन् । ‘यहाँको प्रत्येक सेकेण्ड बिउँझेरै देखिने डरलाग्दो सपना जस्तै छ’ उनले भनेकी छिन् ‘म मात्रै १९ वर्षकी छु र म केवल घर फर्किन चाहन्छु ।’

उनले अगाडि भनेकी छिन् ‘म प्रधानमन्त्री र विदेश सचिवलाई भन्न चाहन्छु, दुवै मेरो पिता जस्तै हुनुहुन्छ, कृपया तपाइँहरुले एक्सन लिएर मलाई सहयोग गर्नुस्, केवल शब्दले होइन । मेरो लागि समय समाप्त हुँदैछ । कृपया सहयोग गर्नुस् ।’ उनी १ महिना जेलमा बसेपछि अगष्टदेखि धरौटीमा बाहिर छिन् र जनवरी ७ मा आउने फैसलापछि उनलाई १ वर्षको जेल सजाय हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *