नयाँ व्यवस्थाबारे जनताले अझै बुझेनन् : प्रचण्ड

डिसी नेपाल
१९ पुष २०७६ १६:२१

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताएका छन्।

काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले देशमा बनेको नयाँ परिस्थितिमा जनताहरु अध्यस्त हुन अझ केही समय लाग्ने बताए।

नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उनको भनाई छ।

‘देशमा नयाँ परिस्थिती बनेको छ । नयाँ परिस्थिती भनेको पुरानो भन्दा भिन्न हुन्छ, भिन्न हुँदा मानिसलाई तुरुन्तै सहज लाग्दैन। पुरानो संरचनामा बानी परेका हामी नयाँ संरचनाले फाइदा गर्ने हो की घाटा गर्ने हो भन्या जस्तो’, उनले भने, ‘जस्तो हिडिरहेको बाटो सजिलै हिड्न सकिन्छ । नहिडेको बाटो हिड्नुप¥यो भने अफ्ठ्यारोजस्ता महशुस पनि हुन्छ।’

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन नपरेको दाहालले बताए। ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रम गयौँ। संविधान बनायौँ, तीन तहको निर्वाचन गर्यौँ। सबै संरचना नयाँ छ। यो अलि गुणात्मक छ, एकथरीलाई भने यो मन परेको छैन। हिजो एकथरी राज गरेकाहरुलाई यो मन पर्दैन । उनीहरु कस्तो राम्रो व्यक्तिगत वर्गको वैभव जस्तो थियो त्यो सबै खोसिदा त मन पर्दैन नी।’, दाहालले भने।

एक फरक प्रशंगमा अध्यक्ष प्रचण्डले वुद्ध नेपालमा जन्मेका हुन भन्ने आँट हिजोका राजा महाराजाहरुले गर्न नसकेको बताए।

बुद्ध भारतमा जन्मेका हुन भनेर युरोपका देशहरुले आफ्नो पाठ्यक्रमहरुमा लेखेको भए पनि अहिले अभियान नै चलाएर बदल्ने काम सुरु भएको उनले बताए। नेपालमा रहेका ऐतिहासिक र पौराणिक कुराहरुको संरक्षण गर्न काम सरकरले गरिरहेको दाहालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *