दुईपटक प्रधानमन्त्री भएँ, तर केही गर्न सकिँन : प्रचण्ड (भिडियोसहित)

डिसी नेपाल
१९ पुष २०७६ १८:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पटक प्रधानमन्त्री भए पनि सपना देखेजस्तो काम गर्न नसकेको बताएका छन्।
शनिबार अन्नपूर्ण काठमाडौं समाज, नेपालको तेस्रो वार्षिक साधारण सभामा बोल्दै उनले सपना देखेजसरी काम गर्न नसकेको बताए। सभामा बोल्दै उनले भने, ‘हुन त मैले दुईपटक देशको प्रधानमन्त्री सम्हाल्ने मौका प्राप्त गरेँ। तर, मैले जे सपना नेपालकै लागि यत्ति चै मैले गर्न सक्छु र गर्नुपर्छ भनेर ठानेको थिए। त्यति चाँहि मैले गर्न पाएको र गर्न सकेको छैन भन्ने मेरो अनुभुति छ।’
अगाडि उनले थपे, ‘मैले देशको लागि गर्नुपर्ने अहिलेको भन्दा अलि धेरै नै बाँकी छ। तर, जसरी मैले देशभरी जाँदा पनि भन्ने गरेको छु। मेरो बाँकी जीवन अब विकाश निर्माण र समृद्धिको निम्ती नै केन्द्रित छ, भनेर मैले भनेको छु। र आउने दिनमा मैले ती सपनाहरु पुरा गर्नको निम्ती एउटा संकल्प लिएको छु।’
साथै उनले आफ्नो जन्मस्थान कास्की जिल्लाका लागि पनि सोँचे अनुरुप काम गर्न नसकेको र आगामी दिनमा ती पुरा गर्ने प्रयास गर्ने बताए। अध्यक्ष प्रचण्ड विसं २०६४ र २०७३ साल गरी दुईपटक प्रधानमन्त्री भएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *