कासिम सुलेमानीको हत्यापछि इराकमा रकेट आक्रमण
बीबीसी। इराकको राजधानी बग्दादसहित अन्य केही इलाकामा रकेट आक्रमण भएको इराकी सेनाले जनाएको छ। यी रकेट आक्रमण अमेरिकी दूतावास नजिक ग्रीन जोन, बग्दाद नजिकै जदरिया र अमेरिकी सुरक्षा बल रहेको एयरबेसमा भएका हुन्।
इराकी सेनाका अनुसार रेकट आक्रमणमा कसैको मृत्यु भएको छैन। इरान समर्थित मिलिशिया लडाकुले विगत केही हप्तामा यस्ता आक्रमण गरेका थिए। तर अब अमेरिकी हवाई आक्रमणमा इरानका सैन्य कमाण्डर कासिल सुलेमानीको मृत्यु भएपछि यो तनाव झन बढिरहेको छ।
कताइब हिजबुल्ला मिलिशियाले एक विज्ञप्ति जारी गर्दै इराकी सेनालाई आइतबार साँझसम्म अमेरिकी बेसक्याम्पबाट एक हजार मिटर पछि हट्न भनेको छ।
उता, इराकी प्रहरीका अनुसार जदरियामा मिसाइल आक्रमणमा पाँच जना घाइते भएको जनाएको छ। त्यसबाहेक अन्य क्षति भएको विवरण आएको छैन।
अर्कोतर्फ समचार एजेन्सी रोयटर्सले इराकी सेनालाई उद्धृत गर्दै रकेट ग्रीन जोन नजिकै जदरिया र अमेरिकी सुरक्षा बल रहेको एयरबेस खसेको जनाएको छ।
रोयटर्सका अनुसार सेनाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सेलिब्रेशन स्क्वेयर, जदरिया इलाका, सलाहुद्दीन प्रान्तको बलाद एयरबेसलाई निसाना बनाएर रकट आक्रमण गरिएको थियो, जसमा कसैको पनि मृत्यु भएको छैन। विस्तृत विवरण आउन बाँकी छ।’
शुक्रबार बगदाल एयरपोर्ट नजिकै भएको अमेरिकी आक्रमणमा इरानका सैन्य कमाण्डर नजरल कासिम सुलेमानीकोसमेत इरान समर्थित कताइब हिज्बुल्लाह गुटका कमाण्डर अबु महदी अल–मुहांदिसको पनि मृत्यु भएको थियो।
सुलेमानी इरानका बहुचर्चित कुद्स फोर्सका प्रमुख थिए। यो फोर्स इरानद्वारा विदेशमा चलाइएको सैन्य अपरेशनलाई सफल बनाउन चर्चित छ।
इरानका सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अन्त्येष्टिमा सहभागी हुन शनिबार इराकको राजधानी बगदादमा ठूलो संख्यामा मानिसहरु सडकमा निस्किएका थिए।
बगदादमा एक विशास शोकसभापछि सुलेमानीको शव इरान पठाइएको थियो। त्यसपछि उनको गृहजिल्ला केरमान (केन्द्रीय इरान) मा उनको अन्तेष्टि गरिनेछ। यो आक्रमणपछि इरानले समय आएपछि उचित मौकामा बदला दिने चेतावनी दिएको थियो।
Facebook Comment