इरानले अमेरिकाको सरकारी वेबसाइट नै ह्याक गरिदियो

डिसी नेपाल
२० पुष २०७६ ९:४८

काठमाडौं। अमेरिका सरकारद्वारा संचालित एक वेबसाइटलाई आफूलाई इरानी सरकारको प्रतिनिधि बताउने ह्याकर समूहले ह्याक गरिदिएको छ ।

अमेरिकाको फेडेरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट एफडिएलपी डप जीओभी पहिले ह्याक गरेर छेडछाड गरेपछि अफलाइन गराइएको बेलायती मिडिया डेलीमेलको रिपोर्टमा उल्लेख छ । वेबसाइट ह्याक गरेपछि त्यहाँ भगवानको नाममा इरान साइबर सेक्युरिटी ग्रुपका ह्याकरले ह्याक गरेको सन्देश छोडिएको थियो । ह्याकरले यो इरानको साइबर क्षमताको सानो भागमात्र भएको भन्दै आफूहरु सधैं तयार रहेको चेतावनी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *