डोनाल्ड ट्रम्पको धम्कीः इरानका ५२ अड्डामा अझै छिटो र अझै विध्वंशक आक्रमण

डिसी नेपाल
२० पुष २०७६ १०:०३

एजेन्सी। अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका ५२ अड्डाको पहिचान गरिसकेको बताउँदै यदि इरानले कुनै पनि अमेरिकी सम्पत्ति वा नागरिकमाथि आक्रमण गरेमा अमेरिकाले यी ५२ वटै अड्डामा अत्यन्तै छिटो र विध्वंशक आक्रमण गर्ने चेतावनी दिएका छन् । इरानले अमेरिकी दूदावास र सैन्य अड्डामा रकेट आक्रमण गरेपछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । गएराती बगदादको अमेरिकी दूतावास र बलाद सैन्य अड्डामा इरानले रकेट आक्रमण गरेको थियो ।

बेलायती मिडिया मेट्रोका अनुसार फ्लोरिडामा विदा मनाइरहेका ट्रम्पले यो चेतावनीपूर्ण सन्देश इरान समेत पूरै विश्वलाई दिएका हुन् । ट्रम्पले ट्वीटरमा सुलेमानीलाई मारेर अमेरिकाले विश्वलाई आतंकवादी नेताबाट मुक्ति दिलाएको समेत बताएका छन् ।

ट्रम्पले अमेरिकाको दूतावाससहितका स्थानमा आक्रमण गर्नेहरुलाई खोजी गरेर समाप्त गरिने चेतावनी दिएका छन् । उनले अमेरिकाको आतंकवादप्रतिको नीति प्रस्ट भएको बताउँदै जसले पनि अमेरिकालाई नोक्सान पुर्याएका छन् वा यस्तो सोचिरहेका छन् उनीहरुलाई खोजेर समाप्त पारिने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *