नेपाली बैंक ह्याक गरी १ करोड लुट्ने अर्का व्यक्ति पक्राउ
काठमाडौँ । लामो समयदेखि नेपाल तथा भारतमा बसेर विभिन्न बैंक तथा वित्तिय संस्थाहरूबाट ह्याकिङ्ग गरी एक करोड रुपैयाँ लैजाने दिपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
कृषि विकास बैंकको (Credential Hacking) प्रयोग गरी ह्याकिङ्ग गरेको एक करोड रुपैयाँसहित लामो समयदेखि फरार रहेका दिपक नेपाल पुस १८ गते शुक्रबार पक्राउ परेका हुन् ।
मोरङ्को रङ्गेली नगरपालिका–२ स्थायी घर भई लामो समयदेखि बैंक ह्याकिङ्गमा संलग्न ४३ वर्षीय नेपाल पक्राउ परेको महानगरीय अपराध शाखा, काठमाडौँले जनाएको छ ।
शुक्रबार पक्राउ परेका नेपाललाई हाल काठमाडौँ जिल्ला अदालत पठाइएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, उनी लामो समयदेखि नाईजेरियन तथा भारतीय नागरिकहरुसँग मिलेर नेपालका बैंक तथा वित्तिय संस्थाहरू ह्याकिङ्गमा संलग्न हुँदै आएका थिए ।
Facebook Comment