कासिम सुलेमानीः गरिब किसानका छोरा यसरी भए देशकै दोस्रो शक्तिशाली व्यक्ति

डिसी नेपाल
२० पुष २०७६ १४:००

काठमाडौं। आफ्नो देशबाहिर इरानको इन्टेलिजेन्स र मिलिट्री गतिविधिका ‘आर्किटेक्ट’ मानिने मेजर जनरल कासिम सुलेमानीलाई आफ्नो देशमा एक हिरो र देशका सबैभन्दा शक्तिशाली व्यक्तिमध्येका एक मानिन्थ्यो । रिभोल्युशनरी गार्डस्को इलाइट कुड्स फोर्सका यी कमाण्डरलाई शुक्रबार अमेरिकाले बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा एयर स्ट्राइकमा मारिदियो । स्काइ न्यूजको रिपोर्ट अनुसार ६२ वर्षका मेजर जनरल सुलेमानीले इरानका सर्वोच्च नेता अली खमेनइलाई सिधै रिपोर्टिङ गर्ने गरेको विश्वास गरिन्छ ।

देशभित्रका सबै गतिविधिहरु राष्ट्रपति हसन रुहानीले हेर्ने गर्छन् । देशबाहिरको गुप्तचर र सैन्य गतिविधिको जिम्मेवारी पाएका मेजर जनरल सुलेमानी राष्ट्रपति जत्तिकै शक्तिशाली मानिन्थे । उनले मध्यपूर्वमा इरानको बढ्दो सैन्य शक्तिको नेतृत्व गरिरहेका थिए । उनका गतिविधिलाई अमेरिका, इजरायल र साउदी अरेबियाले नजिकबाट नियालीरहेका थिए । उनले नेतृत्व गरिरहेको सैन्य शक्तिलाई अमेरिकाको सिआइए र स्पेशल फोर्सेजको संयुक्त रुप मान्न सकिन्छ ।

विगत दुई दशकदेखि अमेरिकी सैनिकमाथि भइरहेका आक्रमणमा सुलेमानीकै हात रहेको अमेरिकाले विश्वास गर्छ । अमेरिकाको विश्वास अनुसार इरानले गत वर्ष आफ्नो रिभोल्युशनरी गार्डसलाई विदेशी आतंकवादी संगठनको रुपमा डिजाइन गरेको थियो । २०१८ मा सुलेमानीले एक भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनले सोच्न नसक्ने ठाउँमा आफूहरु ट्रम्पको नजिक पुगिसकेको बताउँदै ट्रम्पले युद्ध युरु गरेमा त्यो युद्धको समाप्ति आफूहरुले गर्ने चेतावनी दिएका थिए ।

सुलेमानी दक्षिण पूर्वी इरानको राबोरमा एक गरिब किसान परिवारमा न् १९५७ ११ मार्चमा जन्मिएका थिए । घरमा अत्याधिक गरिबी भएका कारण उनले १३ वर्षको उमेरमै शहरी खानेपानी विभागमा निर्माण मजदूरको रुपमा काम गर्न सुरु गरेका थिए । १९७८ मा इरानमा शाहलाई सत्ताच्युट गर्ने उद्देश्यसहित क्रान्ति सुरु हुँदा सुलेमानीले राजाविरुद्ध विभिन्न प्रदर्शन आयोजना गरेएका थिए । १९७९ मा इरानमा रिभोल्युशनरी गार्डस स्थापना भएलगत्ते उनी यसमा भर्ती भए ।

साहस र वीरताका कारण विश्वास जित्दै गएपछि सुलेमानी १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्धका क्रममा सेनाभित्र माथिल्लो पदमा पदोन्नती हुँदै गए । पवित्र रक्षा भनिएको यो युद्ध १९८८ मा समाप्त हुँदा दशौं लाखको ज्यान गइसकेको थियो । १९९८ मा सुलेमानी कुड्सको प्रमुख भए । २००७ मा इराकमा सुन्नी र सिया समूहबीचको युद्ध उत्कर्षमा रहेका बेला अमेरिकी सेनाले सुलेमानीको कुड्स फोर्समाथि इराकको शिया समूहलाई तत्कालीव विष्फोटक उपकरण उपलब्ध गराएको आरोप लगायो । यो युद्धमा शिया समूहले ठूलो संख्यामा अमेरिकी सेना मारेको थियो ।

त्यो समयमा सुलेमानी र इराकमा रहेको अमेरिकी सैनिक बलका प्रमुख जनरल डेभिड पेट्रायस एक अर्कासँग सम्पर्कमा थिए । जनरल पेट्रायसले २०१० मा मेजर जनरल सुलेमानीबाट आएको एक सन्देशको स्मरण गरेका थिए । त्यो सन्देशमा सुलेमानीले भनेका थिए ‘तपाइँलाइ जानकारी हुनुपर्छ कि म, कासिम सुलेमानी, इरानको लागि इराक, लेबनान, गाजा र अफगानिस्तानसँग सम्बन्धित नीतिहरुको नियन्त्रण गर्छु ।’

सुलेमानीलाई पटक पटक शान्त र धेरैले बुझ्न नसकेका व्यक्तिको रुपमा चित्रित गरिन्थ्यो । २०१३ को न्यू योर्कर प्रोफाइलमा इरामा खटिएका पूर्व सिआइए अधिकारी जोन मागुइलेले भनेका थिए ‘सुलेमानी आजको समयमा मध्यपूर्वमा एक्लो र सबैभन्दा शक्तिशाली अपरेटिभ हुन् र सम्भवतः कैले उनी उनीबारे धेरै कुरा जान्दैनन् ।’ २०१५ को गर्मीमा उनी रुस गए । उनको यो भ्रमणलाई सिरियाका राष्ट्रपछि अल असदलाई सहयोग गर्न रुसी सैन्य हस्तक्षेपको योजनाको पहिलो कदम मानिन्छ । यसले सिरियाको गृहयुद्धलाई अर्कै मोड दियो ।

सुलेमानी पटक पटक सिरियाको यात्रा गर्थे । त्यहाँ राजधानी दमास्कसमा एक मजबुत सुरक्षा प्रबन्ध भएको भवनमा उनी आफ्नो अन्तर्राष्ट्रिय टिमका सदस्यहरुसँग काम गर्थे ।यसले सिरियामा इरानी सप्लाइलाई ह्वात्तै बढायो । अमेरिकाले लेबनानले हेजबुल्लाह र अन्य सैन्य समूहलाई कुड्स फोर्सले सहयोग गरेको र सिरियामा गृहयुद्धलाई नयाँ मोड दिएकोमा जिम्मेवार मानेको थियो । सुलेमानीमाथि अमेरिकामा साउदी राजदूतको हत्यामा संलग्न रहेको आरोप पनि छ ।

शुक्रबारको आक्रमणभन्दा अगाडि पनि कैयौं पटक उनी मारिएको हल्ला चल्ने गरेको थियो तर पछि उनी हत्या प्रयासबाट बचेको विश्वास गरिन्थ्यो । कैयौं पटक उनी युद्ध क्षेत्रमा सुरक्षा ज्याकेट नलगाइ र बिना युनिफर्म पनि देखिएका थिए जलाई उनी मृत्युसँग नडराउने संकेतको रुपमा बुझिन्थ्यो । खमेनइलाई गत वर्ष जुल्फिकर मेडलले सम्मानित गरिएको थियो । यो इरानको सबैभन्दा ठूलो सैन्य उपाधि हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *