९ हजारको खाना खाएर २ लाख ३२ हजार टिप्स !

डिसी नेपाल
२० पुष २०७६ १५:२२

एजेन्सी। गायक तथा हलिउड अभिनेता डनी वालबर्गले नयाँ वर्षको अवसरमा एक रेष्टुरेण्टमा वेट्रेसलाई २०२० डलर (२ लाख ३२ हजार नेपाली रुपैयाँ) टिप्स दिएका छन् । उनकी पत्नी जेनीले फोटो शेयर गरेर यसको जानकारी दिइन् । फोटोका अनुसार डनीले ७८ डलर (झण्डै ९ हजार नेपाली रुपैयाँ)को बिलमा यो टिप्स दिएका हुन् । अनुमान गरिएको छ कि यो पछिल्लो इन्टरनेट ट्रेण्ड २०२० टिपको हिस्सा हो ।

जेनी र डनी दुवैमिशिगनको एक रेष्टुरेण्टमा नयाँ वर्षको अवरमा खाना खान पुगेका थिए । दुवैको खानाको बिल ७८ डलर आएको थियो । उनीहरुले यो बिलसँगै वेट्रेसलाई २०२० डलर टिप्स दिए । जोडीले बिलमा ह्याप्पी न्यू इयर लेखेका छन् । यति ठूलो टिप्स पाएपछि वेट्रेस डेनियल फ्रान्जोनी निकै खुसी छिन् । उनले एक अंग्रेजी वेबसाइटलाई दिएको अन्तरवार्तामा यो पैसा छोराछोरीको भविष्यको लागि उपयोग गर्ने बताइन् ।

उनले भनिन् ‘म यो पैसा भविष्य निर्माणमा खर्च गर्नेछु र अब मसँग आफ्नो घर हुनेछ ।’ सीएनएनका अनुसार अनुमान गरिएको छ कि यो २०२० टिप च्यालेन्ज हो । यो ट्रेण्डमा खाना दिनेलाई वर्षका अंकको आधारमा टिप्स दिइन्छ । २०१८ मा यस्तै किसिमको ट्रेण्डको खबर आएको थियो । त्यतिबेलाको च्यालेन्ज अनुसार खाना दिने व्यक्तिलाई बिल जति छ त्यत्ति नै टिप्स दिनु पर्थ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *