कुशल पंजाबीले आत्महत्या गरेको ९ दिनपछि बल्ल यस विषयमा बोलिन् श्रीमती
मुम्बइ। टिभी अभिनेता कुशल पंजाबीको आत्महत्याको ९ दिनपछि उनकी पत्नी आन्द्रे डोल्हनले पहिलो पटक बयान दिएकी छिन् । उनले कुशल एक गैरजिम्मेवार पिता भएको बताएकी छिन् । उनले कुशल श्रीमान श्रीमतीबीचको सम्बन्ध निभाउन समेत असफल भएको आरोप लगाइन् । उनले आफूले कुशललाई चीनको सांघाइमा छोरा किआनसँग बस्नको लागि बोलाएको पनि बताएकी छिन् ।
यसका अलावा उनले आफूले कुशलको खर्च उठाएको पनि बताइन् । एक अन्तरवार्तामा उनले भनिन् ‘मलाई थाहा छैन यसको लागि ममाथि आरोप किन लगाइँदैछ ।’ आन्द्रेका अनुसार कुशल आफ्नो परिवारलाई लिएर गम्भीर थिएनन् । उनी एक गैरजिम्मेवार पिता थिए र उनले कहिल्यै पनि आफ्ना छोराको भविष्यको बारेमा सोचेनन् । उनले भनिन् ‘मैले किआनलाई कहिल्यै पनि पितासँग कुरा गर्नबाट रोकिन । मैले त उनलाई साथमा बस्न पनि बोलाएँ तर यसमा उनको रुचि थिएन । यहाँसम्म कि मैले उनको खर्चको पनि ध्यान राखें ।’
यसअघि कुशलका साथी चेतन हंसराजले बताएअनुसार कुशल पत्नीसँग छुट्टिएको तथा काम नपाएका कारण डिप्रेशनमा थिए । ३७ वर्षका कुशलले २६ डिसेम्बरमा आत्महत्या गरेका थिए । उनी आफ्नो घरमा सिलिङ फ्यानमा झुण्डिएका भेटिएका थिए । २७ डिसेम्बरमा कुशलको अन्तिम संस्कार मुम्बइमा गरिएको थियो ।
Facebook Comment