प्रधानन्यायधीशको फैशलाविरुद्ध सर्वोच्चमा रिट, सोमबार पहिलो पेशी

डिसी नेपाल
२० पुष २०७६ १६:४२

काठमाडौं। प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले गरेको एक फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट परेको छ।

गोर्खा ब्रुअरीको कर निर्धारण प्रकरणमा क्षेत्राधिकार मिचेको आरोपमा उच्च अदालतको न्यायधीशबाट पदमुक्त गरिएका नरबहादुर शाहीले आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले गएको मंगलबार सर्वोच्चमा रिट दायरका लागि निवेदन दिए पनि आइतबारमात्र रिट दायर भएको छ। सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले आइतबार रिट दायर भएको पुष्टि गर्दै सोमबारलाई पहिलो पेशी तोकिएकोसमेत जानकारी दिए।

गोर्खा ब्रुअरीको कर प्रकरणमा क्षेत्राधिकार मिचेको भन्दै छानविन गरेको न्यायपरिषदले शाहीलाई पदमुक्त गर्न सिफारिस गरेपछि गएको असोज २८ गते पदमुक्त गरेको थियो।
आफुले कुनै अपराध नगरेको दावी गर्दै शाहीले यो प्रकरणमा प्रधानन्यायधीश जबराले गरेको फैसला, न्यायपरिषद्को छानविन र आफुलाई गरिएको पदमुक्त अवैधानिक भन्दै ती सबै खारेज गर्न माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *