आयातमूखि बजारलाई निर्यातमूखि बनाउन पुस २२ गते निर्यात दिवस

डिसी नेपाल
२० पुष २०७६ १७:१४

काठमाडौं । नेपाल निर्यात परिषद्ले पुष २२ गते निर्यात दिवस मनाउने भएको छ । परिषद्ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पुष २२ गते ‘चौथो निर्यात दिवस – २०७६’ मनाउने जानकारी दिएको हो ।

निर्यात दिवसले व्यवसायीक समस्या समाधानका लागि ऐकबद्धता कायम गर्ने, आयातमुखि बजारलाई निर्यातमुखि बनाउन सहयोग गर्ने लगायतका उद्देश्य राखेको परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । उनले बैंक ब्याजदर उच्च हुनु, उत्पादन लागत बढ्दै जानु र कर प्रणालीमा अझैपनि समस्या रहनुले उत्पादन बढन् नसक्दा निर्यात न्यून रहेको बताए । निर्यात दिवसले निर्यातमा हुने समस्याहरु सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्न सहयोग पु¥याउने समेत उनले बताए ।

निर्यात दिवस नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सह आयोजनामा मनाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *