इराकमा अमेरिकी क्षेत्रमा लगातार दोस्रो रात पनि रकेट आक्रमण
एजेन्सी। लगातार दोस्रो रात इराकको बगदादमा रकेट आक्रमण भएको छ । गएराती बगदादमा ६ वटा कत्युषा रकेट प्रहार भएको अल जजीराले लेखेको छ । यीमध्ये ३ वटा बगदादको अत्यन्तै सुरक्षित मानिएको ग्रिन जोनमा खसेका छन् । ग्रिन जोनमा सरकारी भवनहरु र विदेशी कुटनीतिक नियोगका कार्यालयहरु छन् ।
तीन अन्य रकेटहरु जोड्रिया क्षेत्र नजिकै खसेको बताइएको छ । पुलिस सूत्रका अनुसार आक्रमणमा ५ जना मारिएका छन् । प्रत्यक्षदर्शीले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार २ वटा रकेट अमेरिकी दुतावास नजिकै विष्फोट भएका थिए । विष्फोट हुनुभन्दा केही घण्टा अगाडि मात्र अमेरिकी राजदूतलाई फिर्ता बोलाइएको थियो ।
प्रतिक्रिया
Facebook Comment