काँग्रेस विवाद उत्कर्षमाः आज पौडेल पक्षधर जिल्ला सभापतिहरुको भेला हुँदै

डिसी नेपाल
२१ पुष २०७६ ९:२१

काठमाडौं। कांग्रेस संस्थपान पक्षले बहुमतको आधारमा एकपछि अर्को निर्णय गरेपछि आक्रोशित भएको संस्थापन इतर पक्षधरले आफू पक्षीय जिल्ला समापतिको भेला बोलाएको छ। संस्थापन इतर पक्षीय नेता रामचन्द्र पौडेल पक्षधरले दुई दिने जिल्ला सभापतिको भेला बोलाएको हो।

भेलामा करिव ५० जिल्लाका सभापति सहभागी हुने नुवाकोट कांग्रेस सभापति जगदीशनरसिंह केसीले जानकारी दिए। ‘संस्थापन पक्षले बहुमतको आधारमा एकपछि अर्को निर्णय गरेको विरोधमा आजदेखि दुईसम्म जिल्ला सभापतिको भेला हुँदैछ,’ केसीले डिसी नेपालसँग भने, ‘भेलामा ४६ देखि ५१ जिल्लाका सभापति सहाभागी हुनुहुनेछ।’

अहिले करिव ५० जिल्लाका जिल्ला सभापति काठमाडौं आइपुगेका छन्। भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौला समूह पनि सहभागी हुने बताइएको छ। रिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समुहको बहिस्कारका बाबजुत बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको बलमा १४ औँ महाधिवेशन तोक्ने लगायतका महत्वपूर्ण निर्णय गरेको भन्दै आगामी रणनीति तयार गर्न पौडेल समुहले आफुँ निकट जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

सभापति देउवासहित पुस ११ गते बसेको बहुमत केन्द्रीय सदस्यको बैठकले आगामी २०७७ साल फागुन ७ देखि ११ गतेसम्म १४ औँ महाधिवेशन गर्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *