जापानले २३ सय नेपाली कामदार लैजाने, भाषा परीक्षा यही जनवरी र मार्चमा

डिसी नेपाल
२१ पुष २०७६ १०:२५

काठमाडौं। जापानले सन् २०२० का २ हजार ३ सय जना नेपाली कामदार माग गरेको छ । जापानले नर्सिङ केयर गिभर मागेको हो । जान चाहने कामदारका लागि यही जनवरी र मार्चमा जापानी भाषा परीक्षा हुनेछ । पहिलो चरणको परीक्षा जनवरी ७ देखि सुरु हुनेछ । १० दिनसम्म संचालन हुने यो चरणको परीक्षा २९ जनवरीसम्म संचालन हुनेछ ।

दोस्रो चरणको परीक्षा मार्चमा हुनेछ । ३ मार्चदेखि सुरु हुने दोस्रो चरणको परीक्षा पटक पटक गरी १२ दिनसम्म संचालन हुनेछ । पहिलो चरणको परीक्षाबाट १ हजार जना र दोस्रो चरणको परीक्षाबाट १ हजार ३ सय जना कामदार छनोट हुनेछन् । काठमाडौंको युनिर्भसल ल्याङग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा कम्प्युटरमा आधारित हुनेछ । भाषा परीक्षा उत्तीर्ण भएपछि सीप परीक्षण हुनेछ । परीक्षा शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ । नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र परीक्षामा सहभागी हुने सहभागी परिक्षार्थीलाई आवश्यक पर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *