अस्ट्रेलियामा वर्षाले राहत तर आगो झनै बढ्ने डर
काठमाडौं। अस्ट्रेलियामा आगलागी भइरहेको क्षेत्रमा वर्षा भएको छ । यससँगै तापक्रम घटेको छ तर अधिकारीहरुले आगोको लप्का फेरि बढ्ने चेतावनी दिएका छन् । सिड्नीदेखि मेलबर्नको बीचको क्षेत्रमा हल्का वर्षा भएको छ । तर आइतबार राती अधिकारीहरुले बिहीबारदेखि तापक्रा फेरि बढ्ने चेतावनी दिएका छन् ।
अधिकारीहरुले भिक्टोरिया र न्यू साउथ वेल्सको आगोले झनै ठूलो आगो बन्न सक्ने बताएका छन् । मेलबर्नको भिजिबिलिटी १ किलोमिटर भन्दा तल झरेको छ । प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याइँदै छ । अस्ट्रेलियन सेनाले एडिलेडको कंगारु आइल्याण्डमा आवश्यक सामग्री पठाइएको जनाएको छ । यो टापु आगलागीले निकै प्रभावित छ जहाँ गत हप्ता २ जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया
Facebook Comment